Purbi Garjan

दिन: २०८२ मंसिर २९, आईतवार

कनकाईमा पराल लोड भएको ट्रयाक्टरमा आगलागी

झापा, २८ मंसिर । झापा जिल्लाको कनकाई नगरपालिका–१ नमुना टोलस्थित भित्री सडकखण्डमा आज दिउँसो पराल लोड गरिएको ट्रयाक्टरमा आगलागी भएको छ। आज दिउँसो १२ः१५ बजे नमुना चोकबाट हाईवे निस्किँदै गरेको मे १ त ४४५५ नम्बरको ट्रयाक्टर बिजुलीको पोलमा रहेको तारमा छोइएपछि आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो १२ः३० बजे नियन्त्रणमा लिन सकिएको थियो । आगलागीबाट ट्रयाक्टरमा लोड गरिएको पराल पूर्णरूपमा जलेको छ भने ट्रयाक्टरको डाला र चालक बस्ने इन्जिनको भाग आंशिक रूपमा क्षति भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब रु ६० हजार बराबरको क्षति भएको छ । ट्रयाक्टर चालक कनकाई नगरपालिका–७ का ३३ वर्षीय गणेश खत्रीलाई प्रहरीले…
Read More
ne_NPNepali