Skip to main content

Purbi Garjan

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल आज श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै

झापा । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ।

पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। अब उपाधि सम्भावना कायम राख्न नेपालका लागि श्रीलंकाविरुद्ध फराकिलो जित अनिवार्य बनेको छ।

चार टोली सहभागी प्रतियोगितामा बंगलादेश दुई खेलमा जित निकाल्दै ६ अंकसहित अग्रस्थानमा छ। नेपाल तीन अंकसहित दोस्रो स्थानमा रहेको छ भने श्रीलंका दुवै खेल हारेर अंकविहीन छ। उसले बंगलादेशसँग ९–१ र भुटानसँग ५–० को हार ब्यहोरेको थियो।

नेपालका लागि अहिलेसम्म पूर्णिमा राईले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी छन्। सेनु परियार, अनिशा राई र मिना देउवाले एक–एक गोल गरिसकेका छन्। श्रीलंकाका लागि भने जसोथारानले मात्र एक गोल गरेकी छन्।

नेपाल आजको खेलमा फराकिलो अन्तरको जित हासिल गर्दै गोलअन्तर सुधार गर्ने योजनामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali