Skip to main content

Purbi Garjan

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल आज श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै

झापा । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ।

पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। अब उपाधि सम्भावना कायम राख्न नेपालका लागि श्रीलंकाविरुद्ध फराकिलो जित अनिवार्य बनेको छ।

चार टोली सहभागी प्रतियोगितामा बंगलादेश दुई खेलमा जित निकाल्दै ६ अंकसहित अग्रस्थानमा छ। नेपाल तीन अंकसहित दोस्रो स्थानमा रहेको छ भने श्रीलंका दुवै खेल हारेर अंकविहीन छ। उसले बंगलादेशसँग ९–१ र भुटानसँग ५–० को हार ब्यहोरेको थियो।

नेपालका लागि अहिलेसम्म पूर्णिमा राईले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी छन्। सेनु परियार, अनिशा राई र मिना देउवाले एक–एक गोल गरिसकेका छन्। श्रीलंकाका लागि भने जसोथारानले मात्र एक गोल गरेकी छन्।

नेपाल आजको खेलमा फराकिलो अन्तरको जित हासिल गर्दै गोलअन्तर सुधार गर्ने योजनामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali