Skip to main content

Purbi Garjan

बाहुण्डाँगीको ‘जमघट’ चिया: टिकटक भिडियो प्रतियोगितामार्फत बजार विस्तार गरिँदै

मेचीनगर । झापाको मेचीनगर–०२ बाहुनडाँगीस्थित चिया संसार प्रालिले आफ्नै उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पुर्याउन नयाँ रणनीति सार्वजनिक गरेको छ। कम्पनीले तीजलाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो।

बुधबार उद्योग परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष सचिन निरौलाले हात्ती प्रभावित बाहुनडाँगीका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको बजार विस्तारका लागि यो अभियान सुरु गरिएको जानकारी दिए।

‘बाहुनडाँगीका किसानले धान खेती मासेर चियाका बुटा रोपेका छन्। यही उत्पादन प्रशोधन गरेर हामी ‘जमघट’ तयारी चिया बजारमा पठाइरहेका छौं,’ अध्यक्ष निरौलाले भने, ‘यो चिया बिक्री नभए बाहुनडाँगीवासीको भान्सामा आगो बल्दैन।’

उनले नेपालमा तयार चियाको वार्षिक उत्पादन करिब २ करोड केजी भए पनि आन्तरिक खपत ५० देखि ६० लाख केजी मात्र हुने उल्लेख गर्दै बाँकी चिया भारत र तेस्रो मुलुकमा निर्यात हुने बताए। तर, भारतको मूल्य घटाउने प्रवृत्ति र ठूला उद्योगको प्रभावका कारण नेपाली चिया प्रतिस्पर्धामा कमजोर देखिएको उनले बताए।

‘भारतले मूल्य घटाउँदा हामी घाटामा बेच्न सक्दैनौं। यदि १५ दिनसम्म यस्तै अवस्था रह्यो भने सीटीसी इन्डस्ट्रीजलाई ठूलो क्षति हुनेछ,’ निरौलाले भने।

उनका अनुसार जमघट चियाको बजार विस्तारका लागि टिकटक प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिन साउन १ गतेदेखि भदौ १३ गतेसम्म जमघट चियाको लोगो सहित चियासँग सम्बन्धित भिडियो बनाएर उद्योगको व्हाट्सएप नम्बर ९८१६००८५२१ मा पठाउन सकिनेछ।

भिडियोमध्ये उत्कृष्ट तीनलाई क्रमशः २१ हजार, ११ हजार र ७ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विजेताको नाम भदौ २१ गते सार्वजनिक गरिनेछ।

अध्यक्ष निरौलाले पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणमा थप आकर्षक कार्यक्रम ल्याइने जानकारी दिए। उद्योगले हाल मसलादार र नन–मसलादार तयारी चिया विभिन्न प्याकेजिङमा उत्पादन गर्दै आएको र २ केजीभन्दा बढी खरिद गर्ने उपभोक्तालाई अनलाइन डेलिभरी निःशुल्क गरिने जानकारी समेत दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
ne_NPNepali