Skip to main content

Purbi Garjan

मेचीनगरमा अनेरास्ववियूद्वारा १५० विद्यार्थी सम्मानित

मेचीनगर, झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगर कमिटीले एसईई र कक्षा १२ उत्तीर्ण १५० विद्यार्थीलाई सम्मान गरेको छ।

मंगलबार काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई अबिर, टीका र मायाको चिनो सहित सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय महासचिव दीपक धामी, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य एवं वागमती प्रदेशका पूर्व प्रमुख विष्णुप्रसाद प्रसाईं, एमाले केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, कोशी प्रदेश कमिटी सदस्य एवं मेचीनगर इञ्चार्ज देवकुमार राईसहितका नेताले विद्यार्थीलाई सम्मान गरेका थिए।

वक्ताहरुले विद्यार्थी आन्दोलनले नेपालको राजनीतिक र सामाजिक रूपान्तरणमा खेलेको भूमिकालाई स्मरण गर्दै, ऐतिहासिक त्याग, बलिदान र संघर्षकै जगमा वाम–प्रजातान्त्रिक आन्दोलनको विस्तार सम्भव भएको बताएका थिए। २०४६ को परिवर्तनदेखि २०६२÷६३ को आन्दोलनसम्म विद्यार्थी आन्दोलनकै अग्रणी योगदान रहेको उनीहरूको भनाइ थियो।

वक्ताहरुले विद्यार्थी आन्दोलनले राजनीतिक मात्र नभई शैक्षिक, प्राज्ञिक, राष्ट्रियता र सामाजिक रूपान्तरणमा पनि उल्लेखनीय योगदान पुर्‍याएको भन्दै अहिलेका धेरै राजनीतिक नेताहरूको सुरुवात विद्यार्थी जीवनबाटै भएको तथ्य प्रस्तुत गरेका थिए।

कार्यक्रम नगर कमिटी अध्यक्ष मदन चिमिरियाको अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालन काकडभिट्टा क्याम्पस संयोजक संगम बरालले गरेका थिए भने स्वागत नगर कमिटी कोषाध्यक्ष तुलसा खनालले गरेकी थिइन्। कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुति समेत दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali