Skip to main content

Purbi Garjan

मेचीनगरमा अनेरास्ववियूद्वारा १५० विद्यार्थी सम्मानित

मेचीनगर, झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगर कमिटीले एसईई र कक्षा १२ उत्तीर्ण १५० विद्यार्थीलाई सम्मान गरेको छ।

मंगलबार काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई अबिर, टीका र मायाको चिनो सहित सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय महासचिव दीपक धामी, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य एवं वागमती प्रदेशका पूर्व प्रमुख विष्णुप्रसाद प्रसाईं, एमाले केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, कोशी प्रदेश कमिटी सदस्य एवं मेचीनगर इञ्चार्ज देवकुमार राईसहितका नेताले विद्यार्थीलाई सम्मान गरेका थिए।

वक्ताहरुले विद्यार्थी आन्दोलनले नेपालको राजनीतिक र सामाजिक रूपान्तरणमा खेलेको भूमिकालाई स्मरण गर्दै, ऐतिहासिक त्याग, बलिदान र संघर्षकै जगमा वाम–प्रजातान्त्रिक आन्दोलनको विस्तार सम्भव भएको बताएका थिए। २०४६ को परिवर्तनदेखि २०६२÷६३ को आन्दोलनसम्म विद्यार्थी आन्दोलनकै अग्रणी योगदान रहेको उनीहरूको भनाइ थियो।

वक्ताहरुले विद्यार्थी आन्दोलनले राजनीतिक मात्र नभई शैक्षिक, प्राज्ञिक, राष्ट्रियता र सामाजिक रूपान्तरणमा पनि उल्लेखनीय योगदान पुर्‍याएको भन्दै अहिलेका धेरै राजनीतिक नेताहरूको सुरुवात विद्यार्थी जीवनबाटै भएको तथ्य प्रस्तुत गरेका थिए।

कार्यक्रम नगर कमिटी अध्यक्ष मदन चिमिरियाको अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालन काकडभिट्टा क्याम्पस संयोजक संगम बरालले गरेका थिए भने स्वागत नगर कमिटी कोषाध्यक्ष तुलसा खनालले गरेकी थिइन्। कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुति समेत दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali