Skip to main content

Purbi Garjan

जीर्ण भवनका कारण सिमानाकामा प्रहरी नै असुरक्षित

प्रविण अधिकारी 

झापा । झापाको मेचीनगर–५ स्थित इलाका प्रहरी कार्यालय नकलबन्दा अहिले जीर्ण संरचना, न्यून जनशक्ति र स्रोतसाधनको चरम अभावबीच सञ्चालन भइरहेको छ। नेपाल–भारत सीमा सुरक्षाका लागि स्थापना गरिएको यो प्रहरी कार्यालय आफैं असुरक्षित रहेको छ।

२०३४ सालमा सिमाना प्रहरी चौकीका रूपमा स्थापना भएको यो कार्यालयलाई चार वर्षअघि इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो। तर, संरचना र जनशक्ति नबढ्दा कार्यालय अझै चौकी स्तरमै सीमित देखिन्छ।

भवनभित्रको अवस्था

नियमित दरबन्दीअनुसार २५ जना प्रहरी खटिनुपर्ने भए पनि हाल प्रहरी नायब निरीक्षकको नेतृत्वमा मात्र ८ जना प्रहरी कार्यरत छन्। थोरै संख्यामा रहेका सुरक्षाकर्मीले अवैध ओसारपसार, लागुऔषध कारोबार, आपराधिक गतिविधि नियन्त्रण र सीमापार आवागमनजस्ता चुनौतीपूर्ण कार्यभार सम्हाल्नुपर्ने अवस्था छ। एकातर्फ यतिका जिम्मेवारी काँधमा छ भने अर्कोतर्फ न आनन्दले सुत्न नै सकिन्छ। पानी पर्दा सबै पानी भवनभित्र चुहिन्छ भने घाम लाग्दा माथिबाट सिमेन्ट र बालुवा बर्बर झरेर ओछ्यान भरिन्छ। प्रहरीहरु यो भवनमा चौबीसै घण्टा असुरक्षित छन्।

पानी र सिमेन्ट बालुवा छल्न प्रहरीको ओछ्यान माथि टाँगिएको प्लास्टिक

सात कठ्ठा क्षेत्रफलमा फैलिएको कार्यालय भवन जीर्ण बनेको छ। छाना चुहिने, भित्तामा चिस्यान जम्ने र वर्षायाममा सामान्य काम गर्न पनि कठिन हुने अवस्था रहेको प्रहरी स्रोत बताउँछ।

स्थानीयवासी सुरज तामाङ भन्छन्, “प्रहरी आफैं असुरक्षित भएको ठाउँमा जनताको सुरक्षा कसरी सुनिश्चित हुन्छ ? राज्यले तत्काल ठोस पहल गर्नुपर्छ।”

भारतसँगको खुला सीमाका कारण नकलबन्दा क्षेत्रमा लागुऔषध कारोबार, तस्करी र अवैध आवतजावत बढ्दो चुनौती बनेको छ। सीमित स्रोतसाधनका कारण प्रहरीलाई लगातार निगरानीमा समस्या परेको छ। यसअघि पनि यो क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न समूहहरू पक्राउ परेका थिए।

भवनभित्रको अवस्था

स्थानीयवासी र जनप्रतिनिधिहरूले पटक–पटक नयाँ भवन निर्माण, जनशक्ति थप र उपकरण उपलब्ध गराउन माग गरे पनि संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभावमा ठोस पहल हुन सकेको छैन।

पूर्व प्रहरी अधिकारी एवम् हालका जनप्रतिनिधि पुष्पकुमार गेलालका अनुसार, “यो समस्या प्रहरी मात्र होइन, राज्यकै सुरक्षा संकटसँग जोडिएको हो। सीमामा बलियो सुरक्षा संरचना बिना शान्ति र नियन्त्रण सम्भव छैन।”

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले नकलबन्दा प्रहरी कार्यालयको अवस्थाबारे सम्बन्धित निकायमा जानकारी दिइसकिएको बताए। उनका अनुसार, जीर्ण कार्यालयहरूको पुनर्निर्माणका लागि पहल भए पनि बजेट अभावका कारण कार्यान्वयनमा ढिलाइ भएको हो।

भवनको भित्र प्रहरी जवानहरु सुत्ने कोठामा फुटेको अवस्थामा विम

सीमावर्ती सुरक्षा संवेदनशील रहेको बेला नकलबन्दा प्रहरी कार्यालयको जीर्ण अवस्था, न्यून जनशक्ति र अपर्याप्त उपकरणले प्रहरीको मनोबल र कार्यक्षमता दुवै प्रभावित भएको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali