Purbi Garjan

दिन: २०८२ भाद्र १७, मंगलवार

जीर्ण भवनका कारण सिमानाकामा प्रहरी नै असुरक्षित

जीर्ण भवनका कारण सिमानाकामा प्रहरी नै असुरक्षित

प्रविण अधिकारी  झापा । झापाको मेचीनगर–५ स्थित इलाका प्रहरी कार्यालय नकलबन्दा अहिले जीर्ण संरचना, न्यून जनशक्ति र स्रोतसाधनको चरम अभावबीच सञ्चालन भइरहेको छ। नेपाल–भारत सीमा सुरक्षाका लागि स्थापना गरिएको यो प्रहरी कार्यालय आफैं असुरक्षित रहेको छ। २०३४ सालमा सिमाना प्रहरी चौकीका रूपमा स्थापना भएको यो कार्यालयलाई चार वर्षअघि इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो। तर, संरचना र जनशक्ति नबढ्दा कार्यालय अझै चौकी स्तरमै सीमित देखिन्छ। नियमित दरबन्दीअनुसार २५ जना प्रहरी खटिनुपर्ने भए पनि हाल प्रहरी नायब निरीक्षकको नेतृत्वमा मात्र ८ जना प्रहरी कार्यरत छन्। थोरै संख्यामा रहेका सुरक्षाकर्मीले अवैध ओसारपसार, लागुऔषध कारोबार, आपराधिक गतिविधि नियन्त्रण र सीमापार आवागमनजस्ता चुनौतीपूर्ण कार्यभार…
Read More
यातायात कार्यालय विर्तामोडमा अवैध असुली, प्राविधिक शाखा सेटिङको अखडा

यातायात कार्यालय विर्तामोडमा अवैध असुली, प्राविधिक शाखा सेटिङको अखडा

झापा । पटकपटक घुस र सेटिङको पर्दाफास भएपनि त्यसमा संलग्न कर्मचारीलाई कारबाही नहुँदा यातायात व्यवस्था कार्यालय बिर्तामोड घुस र सेटिङको अखडा बनेको छ। कार्यालयमा अहिले प्राविधिक शाखामा सेटिङको चटारो चलिरहेको छ। विशेषगरी प्राविधिक प्रमुख तथा मेकानिकल इन्जिनियर राजकुमार गुप्ता आएदेखि नै उनले अनियमितता र सेटिङ चलाउने गरेको सेवाग्राहीहरुले नै गम्भीर आरोप लगाएका छन्। गुप्ताले सवारीसाधनको जाँच पास, दर्ता, नामसारी लगायतका काम मोबाइलमा फोटो हेरेरै गर्ने, बिना गाडी प्राविधिक सिफारिस गर्ने, तथा जरिवाना समेत मनपरी कायमम गरी राज्यको राजस्वमा हिनामिना गर्ने गरेको तत्य फेला परेको छ। कोशी प्रदेश सरकारले ८२ साल असार २९ गते जारी गरेको आर्थिक ऐनअनुसार कुनैपनि सार्वजनिक सवारीले…
Read More
ne_NPNepali