Skip to main content

Purbi Garjan

जेनजीको चाहनालाइ मुख्य बनाउँदै सरकारको नेतृत्व गर्न तयार छौँः विप्लव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जेनजीकाे चाहनालाई मुख्य बनाउँदै अब बन्ने नयाँ सरकारको नेतृत्व गर्न तयार रहेको बताउनु भएको छ।

विभिन्न कोणबाट सरकार गठनबारे बहस भइरहेको बेला बुधबार एक भिडियो सन्देश जारी गर्दै महासचिव विप्लवले जेनजीकाे चाहनालाई मुख्य बनाउँदै सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभएको हो।

उहाँले देशको अग्रगामी निकासलाई अधैर्यतापूर्ण प्रतिक्षा गरिरहेको बेला राज्यको नयाँ नेतृत्वबारे भइरहेको सानो घेराको बहसप्रति असन्तुष्टि जनाउनु भएको छ ।

महासचिव विप्लवले राज्यको नयाँ नेतृत्वबारे जुन घेरा भित्रबाट सोचिँदै छ के त्यतिले मात्र भ्रष्टाचार विरोधी संघर्ष र देशको स्वाधीनताको धारा समेटिन सक्छ  ? भनी प्रश्न गर्नुभएको छ।

उहाँले स्वाधीनताको पक्षमा र भ्रष्टाचार विरुद्धको आन्दोलनमा नेकपाले चलाएको आन्दोलन कहिँ कमी नभएको स्मरण गर्नुभएको छ।

उहाँले सरकार गठनमा आफ्नो पनि गम्भीर सरोकारको विषय भएको संकेत गर्दै सम्बध पक्षले विशेषगरी सोच्न आग्रह गर्नुभएको छ।

“नेकपाले १२ वर्षदेखि चलाएको भ्रष्टाचार तस्करी दलाली विभेद विरुद्ध गरेको सङ्घर्ष बलिदान दुःख कष्ट नेपालका राजनीतिक नेता कार्यकर्ता जनता बुद्धिजीवी नागरिक समाज सबैलाई राम्रोसँग जानकारी छ ।” महासचिव विप्लवले भन्नुभएको छ।

अहिले सरकारको नेतृत्वबारे सुशिला कार्की बालेन शाह लगायतको नाम मात्र आउन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali