Purbi Garjan

जेनजीको चाहनालाइ मुख्य बनाउँदै सरकारको नेतृत्व गर्न तयार छौँः विप्लव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जेनजीकाे चाहनालाई मुख्य बनाउँदै अब बन्ने नयाँ सरकारको नेतृत्व गर्न तयार रहेको बताउनु भएको छ।

विभिन्न कोणबाट सरकार गठनबारे बहस भइरहेको बेला बुधबार एक भिडियो सन्देश जारी गर्दै महासचिव विप्लवले जेनजीकाे चाहनालाई मुख्य बनाउँदै सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभएको हो।

उहाँले देशको अग्रगामी निकासलाई अधैर्यतापूर्ण प्रतिक्षा गरिरहेको बेला राज्यको नयाँ नेतृत्वबारे भइरहेको सानो घेराको बहसप्रति असन्तुष्टि जनाउनु भएको छ ।

महासचिव विप्लवले राज्यको नयाँ नेतृत्वबारे जुन घेरा भित्रबाट सोचिँदै छ के त्यतिले मात्र भ्रष्टाचार विरोधी संघर्ष र देशको स्वाधीनताको धारा समेटिन सक्छ  ? भनी प्रश्न गर्नुभएको छ।

उहाँले स्वाधीनताको पक्षमा र भ्रष्टाचार विरुद्धको आन्दोलनमा नेकपाले चलाएको आन्दोलन कहिँ कमी नभएको स्मरण गर्नुभएको छ।

उहाँले सरकार गठनमा आफ्नो पनि गम्भीर सरोकारको विषय भएको संकेत गर्दै सम्बध पक्षले विशेषगरी सोच्न आग्रह गर्नुभएको छ।

“नेकपाले १२ वर्षदेखि चलाएको भ्रष्टाचार तस्करी दलाली विभेद विरुद्ध गरेको सङ्घर्ष बलिदान दुःख कष्ट नेपालका राजनीतिक नेता कार्यकर्ता जनता बुद्धिजीवी नागरिक समाज सबैलाई राम्रोसँग जानकारी छ ।” महासचिव विप्लवले भन्नुभएको छ।

अहिले सरकारको नेतृत्वबारे सुशिला कार्की बालेन शाह लगायतको नाम मात्र आउन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेपालले जित्यो युनिटी कप टी–२० शृङ्खला

झापा, १४ असोज । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सक...

आज महाअष्ठमी : महागौरीको पूजाआजा गरिँदै

झापा, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिव...

पूर्व प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

झापा, १३ असोज । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रम...

आज घरघरमा फूलपाति भित्र्याइँदै

झापा, १३ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसा...
ne_NPNepali