काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जेनजीकाे चाहनालाई मुख्य बनाउँदै अब बन्ने नयाँ सरकारको नेतृत्व गर्न तयार रहेको बताउनु भएको छ। विभिन्न कोणबाट सरकार गठनबारे बहस भइरहेको बेला बुधबार एक भिडियो सन्देश जारी गर्दै महासचिव विप्लवले जेनजीकाे चाहनालाई मुख्य बनाउँदै सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभएको हो। उहाँले देशको अग्रगामी निकासलाई अधैर्यतापूर्ण प्रतिक्षा गरिरहेको बेला राज्यको नयाँ नेतृत्वबारे भइरहेको सानो घेराको बहसप्रति असन्तुष्टि जनाउनु भएको छ । महासचिव विप्लवले राज्यको नयाँ नेतृत्वबारे जुन घेरा भित्रबाट सोचिँदै छ के त्यतिले मात्र भ्रष्टाचार विरोधी संघर्ष र देशको स्वाधीनताको धारा समेटिन सक्छ ? भनी प्रश्न गर्नुभएको छ। उहाँले स्वाधीनताको पक्षमा र भ्रष्टाचार विरुद्धको…