Skip to main content

Purbi Garjan

दमकमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

झापा, ६ असोज । झापाको दमक नगरपालिका–५ स्थित आम्दा रोडको भित्री सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

आम्दा बाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी ४२ वर्षीया देवी बिकलाई ठक्कर दिँदा गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ९:०० बजे दुर्घटना भएपछि उनलाई तत्काल खरखरे आम्दा अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई बिहान १०:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा बिकको टाउको, दुबै हात, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali