झापा, ६ असोज । झापाको दमक नगरपालिका–५ स्थित आम्दा रोडको भित्री सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। आम्दा बाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी ४२ वर्षीया देवी बिकलाई ठक्कर दिँदा गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ९:०० बजे दुर्घटना भएपछि उनलाई तत्काल खरखरे आम्दा अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई बिहान १०:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा बिकको टाउको, दुबै हात, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ।
झापा, ६ असोज । झापा जिल्ला अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ । दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने अदालत प्रशासनले जनाएको छ । अदालतका सेस्तेदार उपसचिव डिल्लीराम प्रसाइले हस्ताक्षर गरेको अदालतको सूचनामा भनिएको छ, ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना…