Skip to main content

Purbi Garjan

पशुपति अंग्रेजी माविमा प्रदर्शनी, विद्यार्थीको सीप देखेर अभिभावक उत्साहित

मेचीनगर । मेचीनगर–६ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले बुधबार विभिन्न आकर्षक सीप र कला प्रदर्शन गरेका छन्। विद्यालयले सिनियर तहका विद्यार्थीहरूको सहभागितामा विभिन्न विधासम्बन्धी प्रदर्शनी आयोजना गरेको हो।

प्रदर्शनीमा पर्यावरण, संस्कार र संस्कृति, विज्ञान, गणित, नेपाली भाषा, चित्रकला तथा हस्तकलासँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले निर्माण गरेका धरहरा, काँकरभिट्टास्थित विश्वनाथ शिवालय मन्दिर, कृष्ण थुम्की, मिनी माउन्टेन, विभिन्न पर्यटकीय तथा धार्मिक स्थलका नमूना, स्मार्ट सिटी, प्रदूषण नियन्त्रणसम्बन्धी सामग्री, ब्रह्माण्ड, वन–जंगललगायत विज्ञानका आकर्षक नमूनाले विद्यालय परिसरमा निर्माण गरिएका पाँचवटा स्टल भरिभराउ देखिन्थे।


प्रदर्शनीमा राखिएका सामग्रीबारे विद्यार्थीहरूले आफैं अभिभावकहरूलाई जानकारी गराएका थिए। आफ्ना नानीहरूले निर्माण गरेका सामग्री अवलोकन गर्न पुगेका अभिभावकहरू छोरा–छोरीको प्रतिभा देखेर उत्साहित देखिन्थे। दिउँसो २ बजेदेखि सुरु भएको प्रदर्शनी करिब ४ बजेसम्म सञ्चालन भएको थियो।

विद्यार्थीहरूको प्रतिभा देखेर शिक्षक, अभिभावक मात्र होइन स्थानीयवासीहरू पनि उत्साहित बनेका थिए। प्रदर्शनी अवलोकनपछि स्थानीय अभिभावक अमर खड्काले यस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता विकास हुनुका साथै धर्म, संस्कार, संस्कृति र पर्यावरणप्रति ज्ञान र सचेतना बढ्ने बताए। उनले यसले विद्यार्थीहरूलाई सकारात्मक र सिर्जनशील बन्न प्रेरणा दिने उल्लेख गरे।
त्यस्तै, अर्का अभिभावक विकास भट्टराईले पनि कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिए। आफ्नो नानी नर्सरीमा अध्ययनरत रहेको उल्लेख गर्दै उनले विद्यार्थीहरूको सुन्दर भविष्य निर्माणमा पशुपति माविको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे।


प्रदर्शनीमा सहभागि अभिभावकहरूलाई धन्यवाद दिँदै विद्यालयका शिक्षक खेम लिम्बुले विद्यार्थीहरूको कला, सीप र क्षमता प्रदर्शन गर्न विद्यालयले समय–समयमा यस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए। “किताबी ज्ञानले मात्र जीवन सफल हुँदैन, त्यसैले विद्यार्थीलाई सीपमूलक र अतिरिक्त क्रियाकलापमा जोड दिएका छौँ,” उनले भने, “सीप सिकाएर दक्ष बनाउने हाम्रो अभियान हो।”

उनका अनुसार शिक्षक र विद्यार्थीको करिब १५ दिनको निरन्तर प्रयासका कारण भव्य कार्यक्रम सफल भएको हो। प्रदर्शनीमा राखिएका सम्पूर्ण सामग्री विद्यार्थीहरूले स्वयं निर्माण गरेका थिए।


विद्यालयले दुई साताअघि मिनी एक्स्पोसमेत आयोजना गरेको थियो। कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न गीत प्रस्तुत गर्दै अभिभावकहरूलाई मनोरञ्जनसमेत प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali