बझाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले हालै इजरायलमा ज्यान गुमाएका बझाङका एक युवा गणेश नेपालीका परिवार र आफन्तहरुलाई भेटघाट गरि दुख साटासाट गरेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा न १ भोपुरमा रहेको नेपालीका बुवा धनलाल नेपाली लगायत आफन्तहरुलाई महासचिव विप्लवले आइतबार भेटघाट  गरेका हुन् ।

महासचिव विप्लवले आजै बझाङ जिल्ला सदरमुकाम चैनपुरमा जनयुद्धदेखि एकीकृत जनक्रान्तीसम्मको आन्दोलनमा बलिदान गर्ने सहिदका परिवारलाई सम्मान गर्दै आफुहरु सहिदका अधुरा सपनाहरु पूरा गर्ने निरन्तर लागिपर्ने र नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर त्यो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

त्यस्तै भ्रमण तथा भेटघाटका क्रममा महासचिव विप्लवले स्थानीय जनता, पार्टी कार्यकर्ता, शिक्षक, विद्यार्थीलाई समेत भेटघाट गरेका छन् भने बझाङका स्थानीयहरुले महासचिव विप्लवलाई भव्य  स्वागत गरेका थिए  ।

बझाङ भ्रमणमा रहेका महासचिव विप्लवले असोज १६ गते भुकम्पका कारण पीडित / प्रभावितहरुलाई आवश्यक राहत बितरण गर्ने र उनिहरुसङ्ग सहानुभूति र दुख साटासाट गर्ने कार्यक्रम रहेको विप्लवको सचिवालयका अडिग सी ले जानकारी दिएका छन भने महासचिव विप्लवको बझाङ भ्रमणमा नेकपा नेताहरू भगत सी, समर सी, सुवास सी लगायत स्थानीय नेताकार्यकर्ताहरुको समेत सहभागिता रहेको छ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *