Skip to main content

Purbi Garjan

काकडभिट्टा बहुमुखी क्याम्पसको २७औँ वार्षिकोत्सव सम्पन्न, शिक्षक–कर्मचारीसहित विद्यार्थी पुरस्कृत

मेचीनगर। काकडभिट्टा बहुमुखी क्याम्पसको २७औँ स्थापना दिवस तथा वार्षिकोत्सव सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो।


उहाँले गुणस्तरीय शिक्षा हरेक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सामुदायिक क्याम्पसको संरक्षण र सुधारमा सबै पक्षको भूमिका आवश्यक रहेको बताउनुभयो।
वार्षिकोत्सवका अवसरमा व्यवस्थापन संकायका शिक्षक मणिकुमार लिम्बु, शिक्षा संकायका शिक्षक पुष्पप्रसाद पौडेल तथा कर्मचारी कृष्ण राजवंशी लाई सम्मान गरिएको थियो।

साहित्यिक कार्यक्रममा कवितातर्फ नविन फूयाँल (प्रथम), युवराज राई (दोस्रो) र अभिषेक राजवंशी (तेस्रो) भए।
शैक्षिक उत्कृष्टतामा प्रास्ना गिरी र अनुप राई पुरस्कृत भए।
स्नातक तह व्यवस्थापन संकाय बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने अंकिता राजवंशी, समिर फूयाँल, पंकज तामाङ र श्रृजना शर्मा ढुङ्गाना तथा शिक्षा संकायबाट छन्दविक्रम चौहान, मायादेवी चौहान र स्वस्तिक राई लाई शैक्षिक पुरस्कार प्रदान गरियो।

अन्तर माध्यमिक क्याम्पसस्तरीय बुद्धिचाल प्रतियोगितामा सूर्यकिरण गौतम (प्रथम), प्रयास लकान्द्री (दोस्रो), आरोग्य निरौला (तेस्रो), आकाश बस्नेत (चौथो) र जस्टिन राई (पाँचौँ) भए।
टेबल टेनिस छात्रातर्फ मौसम प्रधान (प्रथम) र कुशल घिमिरे (दोस्रो) तथा छात्रातर्फ अस्मिता राई (प्रथम) र तेजस्वी घिमिरे (दोस्रो) भए।

नृत्य प्रतियोगितामा मञ्जिता मगर र विद्या वास्तोला (प्रथम), निर्जला राई, रेखा राजवंशी र कुसुम लिम्बु (दोस्रो) तथा प्रशंसा विष्ट, सिफा प्रधान, अञ्जली श्रेष्ठ, रोजिता फूयाँल र स्मारिक दाहाल (तेस्रो) भए।


कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali