Skip to main content

Purbi Garjan

भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल क्रिकेट हुने

बिर्तामोड । झापाको भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्डमा हुनेछ ।

आयोजक भद्रपुर क्रिकेट क्लबले भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता यही माघ २१ गतेदेखि २८ गतेसम्म हुनेछ ।
क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार प्रतियोगितामा भारतका चार र नेपालका चारवटा टिमको सहभागिता रहनेछ ।

भारतका राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनाऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

त्यस्तै, नेपालका आयोजक भद्रपुर क्रिकेट क्लब, विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक मनोज सुब्बाले बताए ।

प्रतियोगितामा आठवटा टिमलाई दुई समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइनेछ । केही दिनमै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका सचिव केदार महतले बताए ।

उदयीमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिता सम्पन्न एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।

कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका बेला भारतीय तथा नेपाली खेलाडी तथा अफिसियहरुलाई पर्यटकीय क्षेत्रको भ्रमण पनि गराइनेछ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापा, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, उद्योगी टिकाराज ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali