Skip to main content

Purbi Garjan

जन्मदिनलाई सेवामा रूपान्तरण गर्दै बिनोद रिमालको प्रेरणादायी उदाहरण

झापा । मेचीनगर–३ निवासी बिनोद रिमाल शर्माले आफ्नो ३०औँ जन्मदिनलाई समाजसेवामूलक कार्यमार्फत मनाउँदै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

हाल व्यापारिक सिलसिलामा जिल्ला बाहिर रहेका शर्माले सामाजिक सद्भाव, दृढ इच्छाशक्ति र जिम्मेवारीबोधका साथ जन्मदिनलाई औपचारिक उत्सवमा सीमित नराखी मानवीय सेवामा समर्पित गरेका हुन्। उनले “सानो कर्म भए पनि समाजका लागि केही गर्नुपर्छ” भन्ने भावनासहित यस अभियानको सुरुवात गरेका बताए।

उनको पहलमा  विशाल बास्तोला मार्फत काठमाडौंस्थित मेचीनगरपालिका–१ मा रहेको बाल आश्रम तथा मेचीनगरपालिका–७ स्थित देवाश्री आश्रममा २० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ। उक्त अवसरमा आश्रममा आश्रित बालबालिका तथा वृद्धहरूलाई भोजन गराइएको, आवश्यक सामग्री वितरण गरिएको तथा केही स्थानमा कुर्सीसमेत प्रदान गरिएको जनाइएको छ।

समाज परिवर्तन एकै पुस्तामा सम्भव छ भन्ने विश्वासलाई व्यवहारमा उतार्दै शर्माले युवापुस्तालाई सामाजिक उत्तरदायित्वप्रति सचेत गराउने कार्य गरेका छन्। उनका यस कर्मलाई स्थानीयवासी तथा शुभेच्छुकहरूले उच्च सम्मानका साथ प्रशंसा गरेका छन्।

यस महान् कार्यको अवसरमा बिनोद रिमाल शर्माको आगामी जीवन स्वस्थ, सहज, सुखद तथा अझ बढी समाजसेवामा समर्पित रहोस् भन्ने कामना व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali