Purbi Garjan

दिन: २०८२ फाल्गुन २, शनिबार

जन्मदिनलाई सेवामा रूपान्तरण गर्दै बिनोद रिमालको प्रेरणादायी उदाहरण

जन्मदिनलाई सेवामा रूपान्तरण गर्दै बिनोद रिमालको प्रेरणादायी उदाहरण

झापा । मेचीनगर–३ निवासी बिनोद रिमाल शर्माले आफ्नो ३०औँ जन्मदिनलाई समाजसेवामूलक कार्यमार्फत मनाउँदै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। हाल व्यापारिक सिलसिलामा जिल्ला बाहिर रहेका शर्माले सामाजिक सद्भाव, दृढ इच्छाशक्ति र जिम्मेवारीबोधका साथ जन्मदिनलाई औपचारिक उत्सवमा सीमित नराखी मानवीय सेवामा समर्पित गरेका हुन्। उनले “सानो कर्म भए पनि समाजका लागि केही गर्नुपर्छ” भन्ने भावनासहित यस अभियानको सुरुवात गरेका बताए। उनको पहलमा  विशाल बास्तोला मार्फत काठमाडौंस्थित मेचीनगरपालिका–१ मा रहेको बाल आश्रम तथा मेचीनगरपालिका–७ स्थित देवाश्री आश्रममा २० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ। उक्त अवसरमा आश्रममा आश्रित बालबालिका तथा वृद्धहरूलाई भोजन गराइएको, आवश्यक सामग्री वितरण गरिएको तथा केही स्थानमा कुर्सीसमेत प्रदान…
Read More
झापा गोल्डकप : आर्मीलाई हराउँदै मच्छिन्द्र फाइनल प्रवेश

झापा गोल्डकप : आर्मीलाई हराउँदै मच्छिन्द्र फाइनल प्रवेश

बिर्तामोड, फागुन २ । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र फाइनल प्रवेश गरेको छ । मछिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्रले खेलको चौथो मिनेटमै अग्रता लियो । मछिन्द्रका लागि जोनाथन जोरिल्लाले गोल गरे । अयोला हमजातको क्रस पासमा डिबक्समा अनमार्क रहेका जोरिल्लाले वान टचमा गोल गरेका थिए । खेलको २४ औँ मिनेटमा मछिन्द्रले पेनाल्टी पायो । जोरिल्लाको फ्रिकिक प्रहारमा आर्मीका खेलाडीको डिबक्समा ह्यान्डबल भएपछि मछिन्द्रले पेनाल्टी पाएको…
Read More
सीमावर्ती सम्भावना र चुनौतीको नक्सा कोर्दै पाण्डे

सीमावर्ती सम्भावना र चुनौतीको नक्सा कोर्दै पाण्डे

झापा । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै झापा क्षेत्र नम्बर–१ फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा आएको छ। १ लाख ३१ हजारभन्दा बढी मतदाता र ४५ वटा मतदान स्थल रहेको यो क्षेत्र भौगोलिक मात्र होइन, आर्थिक र सामरिक दृष्टिले पनि संवेदनशील मानिन्छ। विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विजयी भएको यस क्षेत्रमा यसपटक कांग्रेसले युवा नेता केशवराज पाण्डे लाई उम्मेदवार बनाएको छ। सीमावर्ती मेची भन्सार, ड्राइपोर्ट, अन्तर्राष्ट्रिय व्यापारको सम्भावना, सुकुम्बासी बस्ती, हात्तीको आक्रमण र नदी कटानजस्ता जटिल समस्याबीच पाण्डे आफूलाई ‘रैथाने उम्मेदवार’का रूपमा प्रस्तुत गरिरहेका छन्। तत्कालीन ज्यामिरगढी गाउँपालिका वडा नम्बर–८ मा जन्मिएका पाण्डेको बाल्यकाल पूर्वी…
Read More
ne_NPNepali