Skip to main content

Purbi Garjan

गौरादहमा चट्याङ लागेर आगलागि, दुई लाख पचास हजार बराबरको क्षति

झापा। झापा जिल्ला गौरादह नगरपालिका–६ धोपा टोलमा अविरल वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण गएराती ठूलो क्षति पुगेको छ।

मंगलबार राति २३:३० बजे अजय कुमार झा (५०) को घरस्थित टिन छानो र बाँसले बनाइएको एकतले भान्साघर तथा संगै जोडिएको ग्वालीमा चट्याङ परेपछि आगलागि भएको प्रहरीले जनाएको छ।

आगो लाग्दा मानविय क्षति भने नभएको तर भान्साघर र ग्वाली पूर्णरूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेको ग्यास सिलिन्डर, ८० के.जि. चामल, भाँडावर्तन, विद्युत मिटर, वाईफाई राउटर, फर्निचर, अन्नपात, साथै ग्वालीमा राखिएका ६ वटा बाख्रा (२ माउ, ४ पाठा) समेत जलेर नष्ट भएका छन्।

सम्पूर्ण क्षति करिब २ लाख ५० हजार रुपैयाँ बराबरको भएको अनुमान गरिएको छ।
घटना भएलगत्तै गौरादह नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा राति ०१:00 बजे आगो पूर्णरूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले बताएको छ।

स्थानीय प्रशासनले आगलागिबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali