Skip to main content

Purbi Garjan

तेस्रो नकलबन्दा जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु, आयोजकको विजयी सुरुवात

झापा । “खेल स्वास्थ्यको आधार, खेलकुद हाम्रो पहिचान” भन्ने मूल नारासहित तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
उद्घाटन खेलमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले मोरङको नेक्ष्ट जेनेरेशन फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

आयोजकका तर्फबाट साहिल धिमालले खेलको १५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। रमेश क्षेत्रीको पासमा आएको बललाई गोलरक्षक सन्दिप लिङ्देनले प्रारम्भिक प्रहार रोक्न सफल भए पनि रिबाउन्डमा साहिलले सहजै गोल गरेका थिए।

दोस्रो हाफको २२औँ मिनेट र इन्जुरी समयमा रमेश क्षेत्रीले दुई गोल थप्दै टोलीको जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका रमेश क्षेत्री ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे।

भोलि हुने दोस्रो क्वाटरफाइनल खेलमा पूर्वेली युवा क्लब बिर्तामोड र धुलाबारी फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा कुल १० टोली सहभागी छन्। विजेताले नगद रु. १ लाख १ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार नगदसहित ट्रफी पाउनेछन्। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई नगद रु. १ हजार ५ सयसहित ट्रफी प्रदान गरिनेछ। साथै, बेस्ट डिफेन्डर, इमर्जिङ प्लेयर, सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकलाई जनही रु. ३ हजार १ सय प्रदान गरिनेछ।

मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबसहित ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डीएफसी बाहुनडाँगी, नेक्ष्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधबारे गरी १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल वैशाख ५ गते सम्पन्न हुने आयोजकले जनाएको छ।

नकलबन्दा स्पोर्टिङ क्लबका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा तथा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्की, वडा नं. ६ का कार्यवाहक अध्यक्ष भविन्द्र सुब्बा, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्यहरू पुष्पकुमार गेलाल र देवीमाया विक, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

त्यसैगरी नकलबन्दा बचत तथा ऋण सहकारीका अध्यक्ष केशरप्रसाद तिम्सिना, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, बिन्ती बचत तथा ऋण सहकारीका सदस्य दशरथ खडिया, तुर्केनी युवा क्लबका अध्यक्ष राजेश श्रेष्ठ, प्रहरी चौकी नकलबन्दाका प्रमुख अशोक चौहान, विओपी नकलबन्दाका प्रमुख सूर्य श्रेष्ठ तथा सल्लाहकार सदस्यहरू पर्शुराम पराजुली, मेघराज गेलाल र होमराज गुरुङलगायतको आतिथ्यता रहेको थियो।

संस्थाका उपाध्यक्ष हिरा सुर्खेतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सुरज तामाङले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali