झापा । “खेल स्वास्थ्यको आधार, खेलकुद हाम्रो पहिचान” भन्ने मूल नारासहित तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले मोरङको नेक्ष्ट जेनेरेशन फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आयोजकका तर्फबाट साहिल धिमालले खेलको १५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। रमेश क्षेत्रीको पासमा आएको बललाई गोलरक्षक सन्दिप लिङ्देनले प्रारम्भिक प्रहार रोक्न सफल भए पनि रिबाउन्डमा साहिलले सहजै गोल गरेका थिए। दोस्रो हाफको २२औँ मिनेट र इन्जुरी समयमा रमेश क्षेत्रीले दुई गोल थप्दै टोलीको जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका रमेश क्षेत्री ‘म्यान अफ द म्याच’…