Skip to main content

Purbi Garjan

शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा

झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुधबारे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा आदर्शले शनिश्चरे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएको केही समयमै खेल रोमाञ्चक मोडमा पुग्यो । खेलको ४७ औँ मिनेटमा शनिश्चरे एफसीका करन थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर त्यो अग्रता लामो समय टिक्न सकेन । त्यसको ठीक एक मिनेटपछि आदर्शका खमिर गिल्सन कन्दङ्वाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।

लगत्तै आक्रामक बनेको आदर्शले खेलको ५३ औँ मिनेटमा निर्णायक गोल गर्‍यो । पुजन थापाले गरेको उक्त गोल नै टोलीको जितको आधार बन्यो । त्यसपछि दुवै टोलीबाट थप गोलका प्रयास भए पनि स्कोर परिवर्तन हुन सकेन ।
उत्कृष्ट प्रदर्शन गरेका आदर्शका खमिर गिल्सन कन्दङ्वा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।

यस जितसँगै आदर्श युवा क्लबले सेमिफाइनलमा धुलाबारी फुटबल ट्रेनिङ सेन्टरसँगको भेट पक्का गरेको छ । आगामी खेलमा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यसैबीच, प्रतियोगिता अन्तर्गत भोलि (बुधबार) आयोजक नकलबन्दा स्पोर्टिङ क्लब र दमक एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। उक्त खेल दिउँसो ३ बजेदेखि सोही मैदानमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali