झापा । झापाको मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार साँझ करिब ५:३० बजे तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम नगरपालिका–१२ घर भई हाल बाहुनडाँगीस्थित बिओपीमा सशस्त्रमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक हवल्दार ३५ वर्षीय सचिन तामाङ गम्भीर घाइते भएका थिए। उनको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। त्यस्तै, मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–१ घर भई सोही बिओपीमा कार्यरत हवल्दार ४० वर्षीय डिल्लिराम सुबेदी सामान्य…
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससम्बन्धी अघि सारिएका प्रस्तावहरूमध्ये “महेन्द्र राजमार्ग” समेत परेको छ। राजा महेन्द्र वीर विक्रम शाह द्वारा निर्माण सुरु गरिएको महेन्द्र राजमार्गलाई प्रजातन्त्र स्थापनापछि सरकारी रूपमा “पूर्व–पश्चिम राजमार्ग” भनिँदै आएपनि अहिलेको सरकारले पुरानै नामबाट राजमार्गलाई सम्बोधन गरेको हो । सरकारी कागजातमा ‘पूर्व–पश्चिम राजमार्ग’ उल्लेख गरिए पनि जनस्तरमा ‘महेन्द्र राजमार्ग’ नाम नै अझै लोकप्रिय छ। वर्तमान सरकारले पनि राजा महेन्द्रलाई श्रेय दिँदै पुरानै ‘महेन्द्र राजमार्ग’ नामलाई पुनः स्वीकार गरेको देखिन्छ। हाल पुर्वी झापामा एसियन हाइवेका नामले समेत चिनिन थालेको अवस्थामा सरकारी प्रतिबद्धतापत्रमा महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको हाइवेमा स्तरोन्नति…
झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुधबारे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा आदर्शले शनिश्चरे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएको केही समयमै खेल रोमाञ्चक मोडमा पुग्यो । खेलको ४७ औँ मिनेटमा शनिश्चरे एफसीका करन थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर त्यो अग्रता लामो समय टिक्न सकेन । त्यसको ठीक एक मिनेटपछि आदर्शका खमिर गिल्सन कन्दङ्वाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । लगत्तै आक्रामक बनेको आदर्शले…