Skip to main content

Purbi Garjan

सरकारी दस्तावेजमा अब पूर्वपश्चिम राजमार्ग होइन “महेन्द्र राजमार्ग”

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससम्बन्धी अघि सारिएका प्रस्तावहरूमध्ये “महेन्द्र राजमार्ग” समेत परेको छ।

राजा महेन्द्र वीर विक्रम शाह द्वारा निर्माण सुरु गरिएको महेन्द्र राजमार्गलाई प्रजातन्त्र स्थापनापछि सरकारी रूपमा “पूर्व–पश्चिम राजमार्ग” भनिँदै आएपनि अहिलेको सरकारले पुरानै नामबाट राजमार्गलाई सम्बोधन गरेको हो ।

सरकारी कागजातमा ‘पूर्व–पश्चिम राजमार्ग’ उल्लेख गरिए पनि जनस्तरमा ‘महेन्द्र राजमार्ग’ नाम नै अझै लोकप्रिय छ। वर्तमान सरकारले पनि राजा महेन्द्रलाई श्रेय दिँदै पुरानै ‘महेन्द्र राजमार्ग’ नामलाई पुनः स्वीकार गरेको देखिन्छ।
हाल पुर्वी झापामा एसियन हाइवेका नामले समेत चिनिन थालेको अवस्थामा सरकारी प्रतिबद्धतापत्रमा महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको हाइवेमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको उल्लेख छ। त्यस्तै, सिद्धार्थ राजमार्ग र अन्नपूर्ण राजमार्ग लगायतका प्रमुख राजमार्गहरूलाई पनि स्तरोन्नति गर्ने उल्लेख गरिएको छ।

हाल ‘पूर्व–पश्चिम राजमार्ग’ भनेर चिनिने महेन्द्र राजमार्ग नेपालको सबैभन्दा लामो राष्ट्रिय राजमार्ग हो, जसको लम्बाइ करिब १,०२४ किलोमिटर रहेको छ। यो राजमार्ग तराई क्षेत्र हुँदै पूर्वमा काँकडभिट्टा (मेचीनगर) देखि पश्चिममा भीमदत्त नगर (महेन्द्रनगर/गड्डाचौकी) सम्म फैलिएको छ।

यस राजमार्गले तराईका पर्सा बाहेक प्रायः सबै जिल्लालाई जोड्ने काम गरेको छ र २० भन्दा बढी जिल्लामा यसको पहुँच छ। राजा महेन्द्रको शासनकालमा सुरु गरिएको यो परियोजनाको शिलान्यास २०१९ साल बैशाख १ गते नवलपरासीको गैडाकोटमा गरिएको थियो। भारतबाट अपेक्षित सहयोग नपाएपछि सोभियत संघलगायत अन्य मित्र राष्ट्रहरूको सहयोगमा यसको निर्माण अघि बढाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali