Skip to main content

Purbi Garjan

बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

झापा । झापाको मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ५:३० बजे तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम नगरपालिका–१२ घर भई हाल बाहुनडाँगीस्थित बिओपीमा सशस्त्रमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक हवल्दार ३५ वर्षीय सचिन तामाङ गम्भीर घाइते भएका थिए। उनको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।

त्यस्तै, मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–१ घर भई सोही बिओपीमा कार्यरत हवल्दार ४० वर्षीय डिल्लिराम सुबेदी सामान्य घाइते भएका छन्।
दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाइएकोमा उपचारकै क्रममा साँझ ६:४५ बजे सचिन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी पोस्ट भृकुटिको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali