Skip to main content

Purbi Garjan

स्पाको आवरणमा गैरकानुनी गतिविधि: विराटनगरमा सञ्चालकसहित ३६ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगर क्षेत्रमा स्पाको आवरणमा गैरकानुनी गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ठूलो कारबाही गरेको छ।
वैशाख १२ गते दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको हो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि सञ्चालकसहित ३६ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूमाथि हाल थप सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त स्थानमा स्पाको आवरणमा गैरकानुनी क्रियाकलाप भइरहेको भन्ने प्रारम्भिक सूचनाका आधारमा कारबाही अघि बढाइएको बताएको छ।
घटनाबारे विस्तृत अनुसन्धानपछि मात्र थप विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali