Purbi Garjan

दिन: २०८३ बैशाख १२, शनिबार

स्पाको आवरणमा गैरकानुनी गतिविधि: विराटनगरमा सञ्चालकसहित ३६ जना पक्राउ

स्पाको आवरणमा गैरकानुनी गतिविधि: विराटनगरमा सञ्चालकसहित ३६ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगर क्षेत्रमा स्पाको आवरणमा गैरकानुनी गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ठूलो कारबाही गरेको छ। वैशाख १२ गते दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको हो। प्रहरीका अनुसार चेकजाँचका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि सञ्चालकसहित ३६ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूमाथि हाल थप सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त स्थानमा स्पाको आवरणमा गैरकानुनी क्रियाकलाप भइरहेको भन्ने प्रारम्भिक सूचनाका आधारमा कारबाही अघि बढाइएको बताएको छ। घटनाबारे विस्तृत अनुसन्धानपछि मात्र थप विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read More
ne_NPNepali