Skip to main content

Purbi Garjan

विर्तामोडको गन्तव्य डान्सबारमा झडप, ३ जना नियन्त्रणमा, एक फरार

झापा — बिर्तामोड नगरपालिका–२ स्थित ‘गन्तब्य डान्सबार’मा गएराति झडप हुँदा दुई जना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बैशाख १४ गते बिहानको राति करिब १:३० बजेतिर भएको झै–झगडाको सूचनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो।

घटनामा मेचीनगर नगरपालिका–१ बस्ने २० वर्षीय सिद्धार्थ साही टाउकोमा चोट लागेर घाइते भएका छन्। त्यस्तै सोही स्थानका ३० वर्षीय कर्ण राईको अनुहारमा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरुको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न रहेको आरोपमा मेचीनगर–१२ का २१ वर्षीय निशान लामा, २२ वर्षीय प्रसान्त लिम्बु र भद्रपुर–८ का २२ वर्षीय नित्य राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच, घटनामा संलग्न अर्जुनधारा नगरपालिका निवासी २० वर्षीय लाक्पा तामाङ भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali