Skip to main content

Purbi Garjan

विर्तामोडको गन्तव्य डान्सबारमा झडप, ३ जना नियन्त्रणमा, एक फरार

झापा — बिर्तामोड नगरपालिका–२ स्थित ‘गन्तब्य डान्सबार’मा गएराति झडप हुँदा दुई जना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बैशाख १४ गते बिहानको राति करिब १:३० बजेतिर भएको झै–झगडाको सूचनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो।

घटनामा मेचीनगर नगरपालिका–१ बस्ने २० वर्षीय सिद्धार्थ साही टाउकोमा चोट लागेर घाइते भएका छन्। त्यस्तै सोही स्थानका ३० वर्षीय कर्ण राईको अनुहारमा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरुको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न रहेको आरोपमा मेचीनगर–१२ का २१ वर्षीय निशान लामा, २२ वर्षीय प्रसान्त लिम्बु र भद्रपुर–८ का २२ वर्षीय नित्य राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच, घटनामा संलग्न अर्जुनधारा नगरपालिका निवासी २० वर्षीय लाक्पा तामाङ भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali