Purbi Garjan

दिन: २०८३ बैशाख १४, सोमबार

विर्तामोडको गन्तव्य डान्सबारमा झडप, ३ जना नियन्त्रणमा, एक फरार

विर्तामोडको गन्तव्य डान्सबारमा झडप, ३ जना नियन्त्रणमा, एक फरार

झापा — बिर्तामोड नगरपालिका–२ स्थित ‘गन्तब्य डान्सबार’मा गएराति झडप हुँदा दुई जना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बैशाख १४ गते बिहानको राति करिब १:३० बजेतिर भएको झै–झगडाको सूचनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो। घटनामा मेचीनगर नगरपालिका–१ बस्ने २० वर्षीय सिद्धार्थ साही टाउकोमा चोट लागेर घाइते भएका छन्। त्यस्तै सोही स्थानका ३० वर्षीय कर्ण राईको अनुहारमा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरुको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा मेचीनगर–१२ का…
Read More
ne_NPNepali