Skip to main content

Purbi Garjan

पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य घट्यो, ग्यास र हवाई इन्धन महँगियो

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ भने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य वैशाख १८ गते बिहान १ बजेदेखि लागू हुने जनाएको छ।
समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँका दरले मूल्य घटाइएको छ। तर, खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि गरिएको छ।

त्यसैगरी, हवाई इन्धन (आन्तरिक तथा अन्तर्राष्ट्रिय) दुवैको मूल्य पनि बढाइएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकै कारण स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको निगमको भनाइ छ।
निगमका अनुसार मूल्य समायोजन गर्दा पनि वार्षिक रूपमा अर्बौं रुपैयाँ घाटा व्यहोर्नु पर्ने अवस्था रहेको उल्लेख गरिएको छ। निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali