Skip to main content

Purbi Garjan

पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य घट्यो, ग्यास र हवाई इन्धन महँगियो

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ भने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य वैशाख १८ गते बिहान १ बजेदेखि लागू हुने जनाएको छ।
समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँका दरले मूल्य घटाइएको छ। तर, खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि गरिएको छ।

त्यसैगरी, हवाई इन्धन (आन्तरिक तथा अन्तर्राष्ट्रिय) दुवैको मूल्य पनि बढाइएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकै कारण स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको निगमको भनाइ छ।
निगमका अनुसार मूल्य समायोजन गर्दा पनि वार्षिक रूपमा अर्बौं रुपैयाँ घाटा व्यहोर्नु पर्ने अवस्था रहेको उल्लेख गरिएको छ। निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali