Skip to main content

Purbi Garjan

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काँकडभिट्टाका सिटी सफारी चालकलाई रिफ्लेक्टिभ ड्रेस वितरण

काँकडभिट्टा, १८ वैशाख – १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) को विशेष अवसर पारेर झापाको काँकडभिट्टामा सिटी सफारी चालकहरूका लागि एक सुरक्षा तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सहकार्य तथा मेची नेत्रालय आँखा अस्पतालको सहयोगमा यहाँ सञ्चालित सिटी सफारीका चालकहरूलाई रिफ्लेक्टिभ ड्रेस (फ्लोरेसेन्ट ज्याकेट) वितरण गरिएको हो। सडक सुरक्षा र चालकहरूको व्यवसायिक पहिचानलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमले स्थानीय यातायात क्षेत्रमा नयाँ उत्साह थपेको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै ट्राफिक पोष्ट काँकडभिट्टाका इन्चार्ज नारायण राईले यो अभियानले सवारी व्यवस्थापन र चालकहरूको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार रिफ्लेक्टिभ ड्रेसको प्रयोगले सडकमा चालकहरूको दृश्यता (Visibility) बढ्ने मात्र नभई ट्राफिक प्रहरीलाई पनि अनावश्यक चेकजाँचको झन्झट बिना सवारी नियमन गर्न सहज हुनेछ। यसले गर्दा एकातिर दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेछ भने अर्कोतिर चालकहरूले मर्यादित रूपमा आफ्नो पेशा सञ्चालन गर्न पाउने वातावरण निर्माण हुने विश्वास लिइएको छ।

मेची नेत्रालयका प्रबन्ध निर्देशक डा. शरद चन्द्र राईले चालक, समाज र भारतबाट नेपाल प्रवेश गर्ने पाहुनाहरूको सुरक्षालाई मध्यनजर गर्दै यो अभियान सुरु गरिएको बताउनुभयो। अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चालकहरूलाई सुरक्षित राख्न यो पहल गरेको हो। डा. राईका अनुसार अस्पतालले आगामी असार १४ गते आफ्नो १९औँ वार्षिकोत्सव मनाउन लागेको पूर्वसन्ध्यामा यस्ता सामाजिक कार्यहरूलाई अघि बढाइएको हो। आगामी दिनमा पनि यस्ता सुरक्षा र व्यवस्थापनका कार्यहरूलाई अस्पतालले निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

अस्पतालका म्यानेजर जय प्रकाश पोखरेल (ज्याक) का अनुसार पहिलो चरणमा २०० जना सिटी सफारी चालकहरूलाई यो रिफ्लेक्टिभ ड्रेस प्रदान गरिएको छ। यो वितरण प्रक्रियालाई व्यवस्थित बनाउन अनिवार्य रूपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लुबुक) भएका आधिकारिक चालकहरूलाई मात्र छनोट गरिएको थियो। कानुनी प्रक्रिया पूरा गरेका चालकहरूलाई प्रोत्साहन गर्दै सडक सुरक्षा सुदृढ बनाउन यो कदम चालिएको पोखरेलले जानकारी दिनुभयो। यस कार्यले काँकडभिट्टाको यातायात क्षेत्रलाई थप अनुशासित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali