Skip to main content

Purbi Garjan

सीमामा सशस्त्र प्रहरीको ठूलो सफलता, ५ गाडीसहित अवैध बीउ नियन्त्रणमा

रौतहट  –  सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय बीउजन्य वस्तुको अवैध कारोबार बढ्दै गएको गुनासो बढ्दै गएको बेला सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा लगातार सक्रियता देखाएसँगै गए राति अबेर बलरा नगरपालिका–२ स्थित हतिवल बाँध नजिकको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ तस्करी हुँदै गरेको करिब एक करोड रुपैयाँ बराबरको खरबुजाको बीउ सशस्त्र प्रहरीले बरामद गरेको हो ।

असार १० गते राति करिब १० बजे विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय सिमराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुदत्त अवस्थी, सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारी तथा नं। १० गण मुख्यालय सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गुरुङको कमाण्डमा खटिएको करिब ८० जनाको संयुक्त टोलीले सीमा क्षेत्रमा छापा मारेको थियो ।

 

लगििटोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको २ सय बोरा खरबुजाको बीउ चार वटा भारतीय नम्बर प्लेटका बोलेरो र एक नेपाली नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएको अवस्थामा फेला पारेको थियो । सशस्त्र प्रहरी पुगेको थाहा पाए लगत्तै संलग्न व्यक्तिहरू गाडी तथा सामान छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले गाडीसहित सामान नियन्त्रणमा लिएको जनाएको छ । मधेस प्रदेश–०३–००२ख ०३०६ नम्बरको आईचर ट्रक, बिआर ३० जीबि २६७२ नम्बरको भारतीय बोलेरो पिक अप, बिआर ०६ ई ९६२९ नम्बरको बोलेरो पिकअप, बिआर ०६ जीएच ११२१ र बिआर ०६ जीजी ९४७१ नम्बर गरेर ४ भारतीय बोलेरो पिकअप गाडी रहेका छन् ।

बरामद गरिएको खरबुजाको बीउको अनुमानित मूल्य एक करोड रुपैयाँ रहेको बताइएको छ । सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय पठाइएको छ भने फरार व्यक्तिहरूको खोजी भइरहेको छ । सशस्त्र प्रहरी वल सर्लाहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक एकराज बुरलाकोटीले ती गाडीहरूमा लोड गरिएका सामानहरूको पूर्ण विवरण र मूल्याङ्कन भन्सार कार्यालयले परीक्षण भइरहेकाले यकिन तथ्यांक आउन समय लाग्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali