Skip to main content

Purbi Garjan

मेची नेत्रालयको १९औँ वार्षिकोत्सव: काँकरभिट्टामा सिटी सफारी चालकलाई फ्लोरेसेन्ट ज्याकेट र सुरक्षाकर्मीलाई सनग्लास वितरण

कागजात दुरुस्त भएका चालकलाई मात्र ज्याकेट, ट्र्याकिङ प्रणालीमार्फत सडक सुरक्षा सुदृढ

काँकरभिट्टा, झापा। झापाको पूर्वी नाका काँकरभिट्टामा सडक तथा यात्रु सुरक्षालाई थप व्यवस्थित बनाउने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरिएको छ। मेची नेत्रालयको १९औँ वार्षिकोत्सवको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र काँकरभिट्टा ट्राफिक पोस्टको आयोजनामा तथा अस्पतालको सहकार्यमा सिटी सफारी चालकहरूलाई फ्लोरेसेन्ट (चम्किलो) ज्याकेट तथा सुरक्षाकर्मीहरूलाई सनग्लास वितरण गरिएको हो।

अस्पतालले आफ्नो स्थापना दिवसलाई औपचारिकतामा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै कार्यक्रम आयोजना गरेको जनाएको छ। मेची नेत्रालयका म्यानेजर जय प्रकाश पोखरेल “ज्याक” का अनुसार समाजसँग प्रत्यक्ष जोडिने र सडक सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत काँकरभिट्टामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा भन्सार कर्मचारीहरूलाई आँखाको सुरक्षाका लागि १५० थान पोलराइज्ड सनग्लास वितरण गरिएको छ।

यस अभियानमा विशेष रूपमा कडा मापदण्ड लागू गरिएको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा आवश्यक कागजात पूर्ण रूपमा दुरुस्त भएका चालकहरूलाई मात्र फ्लोरेसेन्ट ज्याकेट प्रदान गरिएको छ। यसले कानुनी रूपमा सवारी चलाउनेलाई प्रोत्साहन गर्ने र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले यस्तो व्यवस्थाले भविष्यमा हुने सम्भावित दुर्घटना वा घटनाको ‘ट्र्याकिङ’ (अनुगमन) गर्न सहज हुने बताउनुभयो। साथै, यात्रुहरूले पनि ज्याकेटमा रहेको नम्बरको आधारमा चालक पहिचान गर्न सक्ने हुँदा सामान हराउने वा अन्य समस्या परेमा सहयोग पुग्ने उहाँको भनाइ छ।

यसअघि पहिलो चरणमा गत मे १ (अन्तर्राष्ट्रिय मजदुर दिवस) का अवसरमा २०० थान फ्लोरेसेन्ट ज्याकेट वितरण गरिएको थियो। सोही अभियानलाई निरन्तरता दिँदै वार्षिकोत्सवको अवसरमा थप २०० थान वितरण गरिएसँगै कुल ४०० जना सिटी सफारी चालक लाभान्वित भएका छन्।

रात्रिकालीन समय तथा कुहिरो लागेको अवस्थामा सवारी दुर्घटना न्यूनीकरण गर्न चम्किलो ज्याकेट प्रभावकारी हुने विश्वास लिइएको छ।

विगत १९ वर्षदेखि गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको मेची नेत्रालय र ट्राफिक प्रहरीको संयुक्त प्रयासलाई स्थानीय बासिन्दा, बुद्धिजीवी तथा यातायात व्यवसायीहरूले सह्रानीय कदमका रूपमा प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभ...
देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
ne_NPNepali