Skip to main content

Purbi Garjan

रुप फेर्दै जागेश्वर शिवालय मन्दिर, अब २४ सै घण्टा सिसी क्यामेराको निगरानीमा

मेचीनगर। मेचीनगर–४ स्थित जागेश्वर शिवालय मन्दिरमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन पाँचवटा सीसी क्यामेरा जडान गरिएको छ। मन्दिर परिसरभित्र चारवटा र बाहिरी सडक क्षेत्रमा एउटा गरी कुल पाँचवटा क्यामेरा जडान गरिएको हो।

मन्दिर समिति, स्थानीयवासी तथा वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा कार्यरत राहुल भारतीको अग्रसरतामा पछिल्लो समय मन्दिरको भौतिक पूर्वाधार तथा व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदै आएको छ।

सीसी क्यामेरा खरिदका लागि निकेश श्रेष्ठ, मिलन थुलुङ, चन्द्रिका विश्वकर्मा, सुजता लुङ्गेली, विवेक चौलागाईं र तारा गौतम शिवाकोटीले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। यस कार्यको व्यवस्थापन किरण गौतमले गर्नुभएको हो भने क्यामेरा जडानको प्राविधिक कार्य विशाल अधिकारीले र विद्युत जडान रिकेश दाहालले सम्पन्न गर्नुभएको हो।

दुबईमा रहेर पनि मन्दिरको संरक्षण, विकास र व्यवस्थापनमा राहुल भारतीले निरन्तर समन्वयकर्ता तथा सह–अभिभावक (संरक्षक) को भूमिका निर्वाह गर्दै आउनुभएको छ। यस कार्यले मन्दिर परिसरको सुरक्षामा ठूलो टेवा पुगेको मन्दिर समितिका सचिव राम गौतमले जानकारी दिनुभयो।
अब छिट्टै नै ५० वटा गमला र मन्दिरको गेट निर्माण गर्ने पनि समितिले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभ...
देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
ne_NPNepali