Skip to main content

Purbi Garjan

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानसहित एक पिकअप गाडी बरामद गरेको छ।

असार २८ गते राति ९ः४० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट खटिएको चेकप्वाइन्ट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०१–००११ च ९८४२ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको टोलीले उक्त पिकअपमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका स्टेशनरी सामग्री फेला पारेको जनाएको छ।

बरामद गरिएको पिकअप गाडीसहित सामानको कुल मूल्य ११ लाख ३४ हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
उक्त गाडी र सामान आवश्यक कारबाहीका लागि असार २९ गते दिउँसो १२ः१० बजे मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

खुला सिमानाका प्रयोग गरेर नेपाल भित्र्याएको सामानहरु नियन्त्रणका लागि सशस्त्र प्रहरीले जोरसिमलमा चेकजाँच गर्दै आएको छ। मुख्य नाकाबाट मात्रै नभएर मेची खोलाका विभिन्न नाका प्रयोग गरेर तस्करीहरुले सामान भित्र्याउने गरेको स्रोतको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali