Skip to main content

Purbi Garjan

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी
मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्यालयमा कार्यरत एक शिक्षिकाको रहस्यमय मृत्युका कारण विद्यालय परिवार, समाज र मृतक शिक्षिकाको परिवार शोकमा डुबेको छ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर -२ नेत्रगन्ज निवासी २९ वर्षीय कविता कुमारी ढुंगाना विद्यालयको आवासीय भवनभित्र रहेको एउटा कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा मृत फेला परेकी हुन्।

प्रहरीले मृत फेला परेकी ढुंगानाको कोठाबाट मृतक भण्डारीको राहदानी, कतारको परिचयपत्र र दुईवटा चिठी समेत बरामद गरेको छ। उक्त चिठी मध्य एउटा चिठीमा कविता कुमारी ढुंगानाको हस्ताक्षर रहेको छ। उक्त चिठीमा लेखिएको छ – ” म कविता कुमारी ढुंगाना एकदमै मानसिक तनाव र ऋणमा भएको कारण यो बाटो अपनाउन पुगेँ। मैले यसैमा आफूलाई आनन्द हुने देखेँ। यसमा कसैको दोष छैन म आफैंले यो बाटो रोजेकी हुँ । गुडबाई ।”

त्यस्तै अर्को पत्र हाल फरार रहेका रतन गुप्ताले हस्ताक्षर गरेका छन्। उक्त पत्रमा लेखिएको छ -“म माथि किचनमा जाँदा म्याडम झुन्डिएको अवस्थामा देखेँ। उहाँलाई बचाउनका लागि सलबाट खुस्काएर हतारहतार बेडमा ल्याए । तर पुरै चिसो भइसकेको थियोे । उनको मृत्यु भएपछि फस्ने डरले बाहिरबाट चाबी लगाएर म भागेको हुँ। यसमा मेरो केही गल्ती छैन। अब मैले पनि त्यहि बाटो अपनाउन पर्ने हुन्छ यसमा मेरो केही गल्ती छैन ।”

विद्यालयका निर्देशक र प्रिन्सिपललाई समेत गुप्ताले यहि भाषामा निकै लामो म्यासेज पठाएको प्रिन्सिपल दुर्गा बहादुर लुइँटेलले जानकारी दिएका छन्।

शिक्षिकाको रहस्यमय मृत्यु भएपछि विद्यालयले शोक वक्तव्य जारी गरेको छ। विद्यालयका अनुसार पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर ११ निवासी रबिनप्रसाद कानु र अञ्जुदेवी कानुको छोरा वर्ष ३० को रतन गुप्ता र मृत अवस्थामा फेला परेकी ढुंगाना गत बैशाख २२ गतेदेखि विद्यालयमा अध्यापन गराउँदै आएका थिए भने उनिहरुले आफूहरू श्रीमान – श्रीमती रहेको बताएका थिए।

शिक्षिका कविता कुमारी ढुंगाना विज्ञान तथा गणित विषय अध्यापन गराउँदै आएकी थिइन्, भने श्रीमान भनिएको रतन गुप्ता गणीत विषयको शिक्षकका रुपमा कार्यरत रहेका थिए।

साउन ५ गते प्रथम त्रैमासिक परीक्षा सम्पन्न भएपछि वर्खे विदामा उनिहरु केही पेश्की रकम लिएर घर जाने र राष्ट्रिय परिचयपत्र लगायतका कागजपत्र लिएर आउने मौखिक जानकारी गराएको विद्यालयले जनाएको छ। साउन ११ गतेदेखि विद्यालय सञ्चालनमा आएपछि उनिहरुको खोजी गर्दा दुबै जना सम्पर्कमा नआएको र अचानक दिउँसो ३ बजेर १४ मिनेटमा प्रिन्सिपल दुर्गा बहादुर लुइँटेल र निर्देशक रिता थापालाई रतन गुप्ताले ह्वाट्सएप मार्फत घटनाको विषयमा लामो म्यासेज लेखेर पठाएको विद्यालयले जानकारी दिएको छ।

उक्त सन्देशका आधारमा प्रहरीलाई जानकारी गराइए पछि
प्रहरीको अनुसन्धान टोलीले विद्यालय परिसरभित्रै रहेको आवासीय कोठाको ताला फुटाएर खोजतलास गर्दा कविता कुमारी ढुंगानालाई बेड माथि शंकास्पद रुपमा उत्तानो परेको अवस्थामा मृत फेला पारेको थियोे ।

उक्त घटनापछि श्रीमान भनिएका रतन गुप्ता फरार रहेका छन् भने घटनाको सत्यतथ्य छानबिनका लागि विद्यालय प्रशासनले प्रहरीसँग पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

हाल शवलाई थप अनुसन्धानका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ भने परिवारका सदस्यहरू समेत विद्यालयको सम्पर्कमा आइसकेका छन्। ढुंगाना परिवारले कविताको मृत्यु शंकास्पद भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न र गहन ढंगले अनुसन्धान गरि दोषीलाई कडा कारबाहीको माग राखेका छन्। आफ्नी छोरीको बिहे नै नभएको र उक्त केटालाई समेत आफूहरूले नचिन्ने ढुंगाना परिवारले बताएका छन्। मृतक कविता २ वर्षअघि कतार गएको र कहिले नेपाल आइन भन्ने समेत पत्तो नभएको परिवार स्रोतले जानकारी दिएको छ।

कविताले कतारकै नम्बरबाट व्ह्वाट्सएपमा कुराकानी गर्ने गरेकाले उनी कतारमै रहेको विश्वासमा परिवार रहेको पाइएको छ। तर स्थानीय वासिन्दाका अनुसार उनिहरु झन्डै डेढ वर्ष अघिदेखि मेचीनगरमा रहेको पाइएको छ।

मृतक ढुंगानाको शव पोस्टमार्टमका लागि पीडित परिवारले धरानको घोपा लगेर गर्नुपर्ने माग राखेका कारण भोलि घोपा लगिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल : सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल : सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

झापा । खुला सीमा क्षेत्रमा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्दै सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी ...
जोरसिमलबाट भन्सार छलीका कपडा बरामद

जोरसिमलबाट भन्सार छलीका कपडा बरामद

मेचीनगर — सशस्त्र प्रहरी बलले मेचीनगरमा भन्सार छली गरेर ल्याइएका कपडा बरामद गरेको छ। आज दिउँसो १२:२० बजेको समयमा मेचीनगर नगरपाल...
ne_NPNepali