Purbi Garjan

पुटिन–किम वार्ताले नाटोलाई तनाव

Advertisement

उत्तर कोरियाका शासक किम जोग उन र रुसी राष्ट्रपति पुतीनका बिच १२ सेप्टेम्बर बिहान भेटवार्ता सम्पन्न भएको छ । नेता किम विशेष रेलमा चढी आज बिहानै रुसी सहर व्लादिवोस्तोक सहर पुगेका हुन् । सो रेलमा २० वटा बुलेट प्रुफ गाडीहरू पनि रहेको जानकारी हुन आएको छ । 

उत्तर कोरियाको हतियार र युद्ध सामग्रीसँग सम्बन्धित अफिसरहरू पनि सँगै यात्रामा रहेको जानकारी हुन आएको छ । सन् २०१९ पछि पहिलो पटक हुन लागेको यो वार्ताले दुवै देशको सम्बन्धमा सुधार हुने क्रिमलिनका प्रवक्ता डिमीट्री पेस्कोवले बताएका छन् । 

 दुई देशको भेटवार्ता हतियार खरिदबिक्री हुनसक्ने भन्दै नाटोको लागि टाउको दुखाइको विषय बनेको छ । युक्रेन युद्धका कारण रुसलाई हतियार चाहिएको तथा उत्तर कोरियाले आफ्नो परमाणु क्षमतामा निखरता ल्याउन यो वार्ता भइरहेको अमेरिकी रक्षा मन्त्रालयको ठम्याई छ । 

विशेषज्ञहरूका अनुसार उत्तर कोरियासँग सोभियत डिजाइनमा आधारित लाखौँ तोप गोला र रकेट छ । यस प्रकारको भेटवार्ताले विगत १७ महिनादेखि चलिरहेको रुस युक्रेन युद्ध झनै प्रभावित हुने आकलन गरिँदै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका ...
बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

शोभराज बराल काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे भ्रम पार्न दिन नहुने ब...
ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बि...
दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

झापा । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी मोरङकी एक युवतीको ज्यान गएको छ । दुबईको अलुकजमा रहेको सर्भ यु कम...