Skip to main content

Purbi Garjan

भ्रष्टाचार, बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न हाम्रो पार्टी संघर्षमा छ : दिपेश सी

दयपुर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज दिपेश सीले देशमा भएको राजनैतिक, आर्थिक, भ्रष्टाचार, बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न आफूहरु संघर्षमा रहेको बताएका छन् । शनिबार नेकपा कटारी नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पाटीले देशैभर यस्ताखालका अपराधिक घटनाहरुका विरुद्धमा संघर्ष गरिरहेको बताउँदै यो व्यवस्थाका कारण जनताले दुःख पाएको बताए । १० बर्ष महान जनयुद्धमा उदयपुरबाट आफ्नो ज्यान बलिदान गर्नु हुने महान सहिदहरुलाई सम्झदै उनले अधुरो क्रान्तिलाई पुरा गर्नका लागि नेकपा जनताको मुद्दा लिएर अगाडि बढेको जानकारी गराए । उनले देशले अर्थतन्त्र वृद्धि हुनेगरीको उत्पादन गर्न नसकेका कारण नेपाली दाजुभाइ दिदिबहिनीहरु खाडीमा पसिना बगाउन बाध्य भएको बताए ।

देशका विभिन्न समस्याहरुको समाधानका लागि नेकपाले उत्पादनको नीति लिएको बताउँदै यहि नीतिले नेपालमा वैज्ञानिक समाजवाद आउने उनले बताए। यो देशमा भएको सबै खाले दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापन गर्न नेकपा अगाडि बढेको जानकारी गराउदै सम्पूर्ण बामपन्थी पार्टीहरु एक जुट हुनुपर्ने बेला आएको उनले बताएका थिए ।

कार्यक्रमका नेकपा केन्द्रीय सदस्य शैलेश सीले देशमा ठूलो संकट आएको बताउँदै त्यो संकटलाई समाधान गर्नका लागि सबैजना एक ढिक्का भएर लाग्ने बेला आएको जिकिर गरेका थिए । उनले आफ्नो स्वार्थको लागि अमेरिकी साम्राज्यवाद घुमाउरो तरिकाले नेपालमा प्रवेश गरेको बताउदै त्यसका विरुद्ध नेपालीहरु एक ढिक्का भएर संघर्ष गर्नपर्नेमा जोड दिए । नेकपा केन्द्रीय सदस्य किम सीले देश संकटग्रस्त अवस्थामा पुगेको कारण सबै एक जुट हुने बेला आएको बताएका थिए ।

भेलाले कटारी नगरकमिटीमा ईन्चार्ज सुरेन्द्र सी र सेक्रेटरी काजिलाल सीको नेतृत्वमा २१ जना नगरसमिति गठन गरेको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एमाले, क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरि जम्मा ८१ जना नेपाल कम्युनिस्ट पार्टीमा धुर्बिकृत भएका छन् । नगर ईन्चार्ज सुरेन्द्र सीको अध्यक्षतामा सुरु भएको कार्यक्रम शंखर सीले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali