दयपुर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज दिपेश सीले देशमा भएको राजनैतिक, आर्थिक, भ्रष्टाचार, बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न आफूहरु संघर्षमा रहेको बताएका छन् । शनिबार नेकपा कटारी नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पाटीले देशैभर यस्ताखालका अपराधिक घटनाहरुका विरुद्धमा संघर्ष गरिरहेको बताउँदै यो व्यवस्थाका कारण जनताले दुःख पाएको बताए । १० बर्ष महान जनयुद्धमा उदयपुरबाट आफ्नो ज्यान बलिदान गर्नु हुने महान सहिदहरुलाई सम्झदै उनले अधुरो क्रान्तिलाई पुरा गर्नका लागि नेकपा जनताको मुद्दा लिएर अगाडि बढेको जानकारी गराए । उनले देशले अर्थतन्त्र वृद्धि हुनेगरीको उत्पादन गर्न नसकेका कारण नेपाली दाजुभाइ…