Purbi Garjan

गृहमन्त्री लामिछाने एयरपोर्टमा ओर्लने बित्तिकै बिराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

Advertisement

बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विद्यार्थीहरुले एउटा सरकारी गाडी जलाइदिएका छन् भने पाँचवटा गाडी तोडफोड गरेका छन् । मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

यसैगरी पाञ्चालीस्थित कन्चनजंघा पार्टी प्यालेस बाहिर पार्किङमा रोकेर राखेका पाँचवटा गाडीमा समेत तोडफोड गरिएको छ । गृहमन्त्री रबि लामिछाने विराटनगर एयरपोर्टमा उत्रिना साथ विद्यार्थीहरुले विराटनगरको शान्ति सुरक्षा कमजोर रहेको संकेत गर्दै आगजनी गरेका थिए ।

मोरङ क्याम्पस अगाडी सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को- १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । प्रहरीका अनुसार बा एबी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २७९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ ।

घटनामा संलग्नहरुको पहिचान गर्ने काम भईरहेको बताउँदै प्रहरीले रंगेली घटनाको कारण जोडिएपनि मनसाय गलत राखिएकोले संलग्नहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याईने बताएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सहभागी हुन विराटनगर आएका हुन् । विमानस्थलमा उनी ओर्लनु साथ मोरङ क्याम्पसमा आगजनी र पाञ्चालीमा तोडफोड गरेर कमजोर सुरक्षा व्यवस्था रहेको संकेत दिइएको छ । स्रोत : आवर बिराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

मेचीनगर। झापाको मेचीनगर नगरपालिका - ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजन...
वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारी, झापा – कृषि क्षेत्रको सशक्तीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वेलवारीमा एक महत्वपूर्ण कृषक भेटघाट तथा अन्तरक्रिय...
इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ लाई

इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ लाई

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस -११ ले जितेको छ । मेचीनगर –४ बाहुण्डाँगीस्थित सरस्वती माविको खेल म...
पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

झापा | पूर्व जनमुक्ति सेनाहरूसँगको भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ लाई ती सेनाहरूले विभ...