झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर -३ स्थित धरधरे फुटबल ग्राउन्डको छेउमा एउटा भाले हात्ती मृत फेला परेको छ। स्थानीय बासिन्दाहरुका अनुसार उक्त हात्ती के कारणले मरेको भन्ने पत्ता नलागेको र हाल अनुसन्धान भैरहेको पाइएको छ।
अहिले घटनास्थलमा बन कार्यालयका कर्मचारी पुगिसकेको र अनुसन्धान भइरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।