Purbi Garjan

समाजवादी मोर्चाद्वारा कार्यदल गठन, पन्ध्र दिनभित्र राजनीतिक दस्तावेज पेश गरिने

काठमाडौँ । समाजवादी मोर्चा नेपालले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य एवम् नेकपा प्रवक्ता ‘प्रकाण्ड’ सीले जानकारी दिए ।

मंगलबार बसेको मोर्चाको बैठकले महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा सहभागी गराउने निर्णय समेत गरेको छ ।

प्रवक्ता प्रकाण्डले सञ्चारकर्मीहरुसङ्ग प्रतिक्रिया दिदै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको जानकारी दिए । प्रगतिशील शक्ति र कम्युनिस्टहरूसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको उनको भनाइ छ ।

नेकपा एकीकृत (समाजवादी) को कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुकेस गुरुङलाई ६औं जीनियस अवार्डमा “बेस्ट डेब्यु मोडल”को सम्मान

निशान निराैला ईलाम –२७ । उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उ...

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२...
एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पु...

जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे...
ne_NPNepali