Skip to main content

Purbi Garjan

जसपाका युवा नेता सहित विभिन्न पार्टीका नेताकार्यकर्ता माओवादी प्रवेश

बिर्तामोड । जनता समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष टाइसन केरुङ सहित विभिन्न पार्टीका सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र प्रदेश कमिटीले आज बिर्तामोडमा भव्य कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको छ । पार्टी प्रवेश गर्नेमा समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष केरुङ सहित प्रदेश उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङ्ग्या, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्की लगायत छन । योङ कम्युनिस्ट लिग (वाइसीएल)को पहलमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सयौँको स्ख्यामा युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै टाइसन केरुङले आफूसँगै समाजवादी युवा संघ नेपालको सिङ्गो कमिटी माओवादीमा प्रवेश गरेको बताए । माओवादी कमजोर हुँदा प्रतिक्रियावादीहरू सलबलाउन थालेको बताउँदै उनले संघीयता, धर्म निरपेक्षता, पहिचान लगायतका मुद्दा उठाउने पार्टीलाई सशक्त बनाउनका लागि आफूहरू माओवादीमा प्रवेश गरेको उनले बताए । नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधनको पक्षमा उभिनुले उनीहरू संघीयता विरोधी भएको प्रष्ट भएको भन्दै उनले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई जोगाउन माओवादी केन्द्रलाई शक्तिशाली बनाउनुपर्ने बताए ।

एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छविराज गतराजले समावेशिता, संघीयता, धर्मनिरपेक्षता लगायतका मुद्दा माओवादी केन्द्रले उठाएको बताउँदै आफू माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गरे । उनले माओवादीलाई २०६४ सालको अवस्थामा पुर्याउन सबै सच्चा कम्युनिष्टहरू माओवादी केन्द्रमा गोलबन्द हुनुपर्ने बताए ।

नेपाली कांग्रेस परित्याग गरी पार्टी प्रवेश गरेका रामभक्त योङया ले १९ वर्षपछि आफू आफ्नै घरमा फर्किएको बताए । परिवर्तनको पक्षधर माओवादीप्रति ठूला दलले घेराबन्दी गरेको बताउँदै उनले पहिचान पक्षधर एकजुट हुनुपर्नेमा जोड दिए । देशका प्रमुख दुई दल मिलेर संविधान संशोधन गर्ने कुरा किमार्थ मान्य नहुने भन्दै उनले माओवादी कमजोर हुँदा प्रतिक्रियावादीहरुले चलखेल शुरु गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले झापामा २०६४ सालको अवस्था आउने बताए । माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको बताउँदै अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उनले उल्लेख गरे । २०७० सालमा संविधानमा माओवादीका एजेण्डा स्थापित हुन नदिनका लागि कांग्रेस र एमालेले सरकार बनाएको स्मरण गराउँदै उनले भने, ‘त्यो बेला सदन र सडकबाट सङ्घर्ष गरेर हामीले अग्रगामी संविधान बनायौं । अहिले त्यो संविधानलाई परिवर्तन गर्नका निमित्त फेरि प्रमुख दुई दलले सरकार बनाएका छन् ।’ प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार लगायतका विषयमा जनपक्षीय काम गर्न थालेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबमा दुई दल मिलेको उनले दाबी गरे । सबै माओवादी घटक एक ठाउँमा उभिने अवस्था आएको भन्दै उनले पार्टी र नेतृत्व कमजोर नहुने दाबी गरे ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको बताए । प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताउँदै उनले माओवादीलाई घेराबन्दी गर्न कांग्रेस एमालेले मध्यरातमा सहमति गरेको बताए । कांग्रेस एमाले २०४७ को संविधान उल्टाउन लागेको बताउँदै उनले सडक र सदनबाट सशक्त आन्दोलन गर्ने बताए । माओवादी कमजोर हुँदा जनताका अधिकार समेत कमजोर हुने बताउँदै उनले पार्टीलाई रुपान्तरण सहित सशक्त बनाउन आवश्यक भएको बताए ।

पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले यो पार्टी प्रवेश कार्यक्रम कास्टिङ मात्र भएको बताउँदै कांग्रेस एमालेका केन्द्रीय तहका नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको खुलासा गरे । उनले भने, ‘हामी निरन्तर छलफलमा छौं छिट्टै अर्को भव्य कार्यक्रम गरेर ठूलो संख्यामा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ ।’ उनले टाइसन केरुङलाई वाइसीएल प्रदेश कमिटीको सहसंयोजक, झापा अध्यक्ष उपेन्द्र लिम्बुलाई वाईसीएल झापा उपाध्यक्ष, पंकज शेर्पालाई बुद्धशान्ति गाउँपालिका संयोजक, पुकार गुरुङलाई वाइसिएल झापा उपाध्यक्षको जिम्मेवारी दिएको बताउँदै अन्य सबैलाई उचित जिम्मेवारी दिने बताए । प्रदेश उपाध्यक्ष विजय साम्पाङले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, ,सदस्य धर्मशिला चापागाईं, झापा संयोजक राजु आचार्य अग्नि, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल : सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल : सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

झापा । खुला सीमा क्षेत्रमा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्दै सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी ...
जोरसिमलबाट भन्सार छलीका कपडा बरामद

जोरसिमलबाट भन्सार छलीका कपडा बरामद

मेचीनगर — सशस्त्र प्रहरी बलले मेचीनगरमा भन्सार छली गरेर ल्याइएका कपडा बरामद गरेको छ। आज दिउँसो १२:२० बजेको समयमा मेचीनगर नगरपाल...
ne_NPNepali