Purbi Garjan

दिन: २०८१ श्रावण १९, शनिबार

जसपाका युवा नेता सहित विभिन्न पार्टीका नेताकार्यकर्ता माओवादी प्रवेश

जसपाका युवा नेता सहित विभिन्न पार्टीका नेताकार्यकर्ता माओवादी प्रवेश

बिर्तामोड । जनता समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष टाइसन केरुङ सहित विभिन्न पार्टीका सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रदेश कमिटीले आज बिर्तामोडमा भव्य कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको छ । पार्टी प्रवेश गर्नेमा समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष केरुङ सहित प्रदेश उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङ्ग्या, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्की लगायत छन । योङ कम्युनिस्ट लिग (वाइसीएल)को पहलमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सयौँको…
Read More
ne_NPNepali