Skip to main content

Purbi Garjan

भरुवा बन्दुक र चोरीका सामान सहित अर्जुनधाराबाट ३ जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिकाबाट भरुवा बन्दुक १ थान र चोरीका सामानसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति अन्दाजी १०:१० बजे अर्जुनधारा नगरपालिका वडा नं.०७ मिलडाँडा बस्ने ईन्दिरा अधिकारीले संचालन गरेको किराना पसलमा ताला फुटाई विभिन्न सामानहरुचोरी भएको उजुरी प्रहरी चौकी शनिश्चरेमा परेको थियोे ।

उजुरी पछि प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटि गई चोरी गर्ने व्यक्तिहरुको अनुसन्धान तथा खोजतलास शुरु भएको थियोे । सोही क्रममा हिजो शनिबार २६ गते अन्दाजी १०:३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं. ०४ देवान चोक स्थित चोरीमा संलग्न युवाहरूलाई शंकाष्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियोे ।

उनिहरु मध्ये वर्ष २२ को छिरिङ तामाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक समेत फेला परेकोले बरामद गरि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी जनाएको छ।

पक्राउ पर्नेमा अर्जुनधारा नगररपालिका वडा नं. ०४ वस्ने वर्ष १९ को आदित्य लिम्बु , सोही स्थानका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेका छन्। पक्राउ परेका आदित्यको साथबाट चांदिको सिक्री-१ थान, नेपाल टेलीकमको रु.५० दरको रिचार्ज कार्ड १९ थान- सहित फेला पारी पक्राउ गरिएको छ।

त्यस्तै छिरिङ तामाङको साथबाट चांदिको औठी- २ थान, चांदिको पाउजु- २ थान र चांदिको सिक्री-१ थान, एनसेल कम्पनीको रु.५० दरको रिचार्ज कार्ड ५-थान सहित फेला पारी पक्राउ गरिएको छ भने निखिल तामाङको साथबाट चांदीको सिक्री-१ थान, चोरी गर्दा प्रयोग भएको खुकुरी-१ थान र किराना पसलबाट बरामद गरिएको सामानहरु रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali