Skip to main content

Purbi Garjan

चाडपर्व लागेसँगै मेचीनगरमा बजार अनुगमन शुरु, ब्यापारीको भागाभाग

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् ।

बजारमा छ्याप छ्याप्ती गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न मानिसको स्वास्थ्य संग प्रत्यक्ष जोडिने भएको हुँदा त्यस्ता सामाग्री बिक्रि वितरण गर्दा उपभोग गर्न योग्य हुनु अनिवार्य रहेको मेचीनगर खाद्य विश्लेशक दिपेन्द्र कार्की बताउँछन् ।

कार्कीको नेतृत्वमा आइतबार सुरू भएको अनुगमनमा अधिकांश पसलमा गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू फेला परेको पाइएको छ ।नगरपालिकाले पहिलो पटक अनुगमनमा व्यवसायीहरुलाई सम्झाई बुझाई गरेको र पुनः यस्तै घटना दोहोरिए कानुनी कारवाही गरिने उनको भनाई छ।

अनुगमनका क्रममा टोलीले धुलाबारीको भुमि पौडेलको पौडेल किराना पसल, श्यामसुन्दर शाहको श्यामसुन्दर किराना पसल, विजय शाहको विजय किराना पसल, उत्तम गुप्ताको पुजा किराना पसल र  भुपेन्द्र भट्टराईको आदर्श किराना पसललगायतका खाद्यन्न पसरहरुमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा गुणस्तर हिन र म्याद नाघेको हर्लेक्स, जौको चामल, सस, रसबरी, मिठाइँ, ग्लोकुज, बच्चाको मिठाईलगायत पसलबाट जफत गरिएको कार्कीले जानकारी दिए । उनले चाडपर्व नजिकीएसंगै कालोबजारी हुन सक्ने सम्भावना बढ्ने भएको कारण बजार अनुगमनलाई तिब्रता दिइएको बताउँदै यो कार्य अब निरन्तर चल्ने बताए ।

नगरपालिकासंगै जिल्ला प्रशासन कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मेची उद्योग वाणिज्य संघ, उपभोक्ता जागरण अभियान र नेपाल प्रहरीको टोली रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali