Skip to main content

Purbi Garjan

चाडपर्व लागेसँगै मेचीनगरमा बजार अनुगमन शुरु, ब्यापारीको भागाभाग

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् ।

बजारमा छ्याप छ्याप्ती गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न मानिसको स्वास्थ्य संग प्रत्यक्ष जोडिने भएको हुँदा त्यस्ता सामाग्री बिक्रि वितरण गर्दा उपभोग गर्न योग्य हुनु अनिवार्य रहेको मेचीनगर खाद्य विश्लेशक दिपेन्द्र कार्की बताउँछन् ।

कार्कीको नेतृत्वमा आइतबार सुरू भएको अनुगमनमा अधिकांश पसलमा गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू फेला परेको पाइएको छ ।नगरपालिकाले पहिलो पटक अनुगमनमा व्यवसायीहरुलाई सम्झाई बुझाई गरेको र पुनः यस्तै घटना दोहोरिए कानुनी कारवाही गरिने उनको भनाई छ।

अनुगमनका क्रममा टोलीले धुलाबारीको भुमि पौडेलको पौडेल किराना पसल, श्यामसुन्दर शाहको श्यामसुन्दर किराना पसल, विजय शाहको विजय किराना पसल, उत्तम गुप्ताको पुजा किराना पसल र  भुपेन्द्र भट्टराईको आदर्श किराना पसललगायतका खाद्यन्न पसरहरुमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा गुणस्तर हिन र म्याद नाघेको हर्लेक्स, जौको चामल, सस, रसबरी, मिठाइँ, ग्लोकुज, बच्चाको मिठाईलगायत पसलबाट जफत गरिएको कार्कीले जानकारी दिए । उनले चाडपर्व नजिकीएसंगै कालोबजारी हुन सक्ने सम्भावना बढ्ने भएको कारण बजार अनुगमनलाई तिब्रता दिइएको बताउँदै यो कार्य अब निरन्तर चल्ने बताए ।

नगरपालिकासंगै जिल्ला प्रशासन कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मेची उद्योग वाणिज्य संघ, उपभोक्ता जागरण अभियान र नेपाल प्रहरीको टोली रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali