झापा । रेडियो मन्त्र झापाले आज आफ्नो दोस्रो वार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरी मनाएको छ । झापा टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो मन्त्रले १०५.४ मेगाहर्जमा झापाको मेचीनगर ७ इटाभट्टाबाट २०७९ असोज १ गते प्रसारण सूरु गरेको थियो । प्रसारणको दुई बर्ष पुरा गरी तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमकाबीच रेडियो मन्त्रले फेसबुक पेज मार्फत आयोजना गरेको तीज भिडियो प्रतियोगिता २०८१ का विजेताहरुलाई पुरस्कार वितरण समेत गरेको छ । रेडियो मन्त्रका अध्यक्ष अनिसा गौतमको सभापतित्व तथा मेचीनगर लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालकाको बिशेष आतिथ्यता रहेको थियो ।…
मेचीनगर । झापा मेचीनगरका युवा जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गरेका छन् । मेचीनगर १५ ज्यामिरगढीका दाहालले १७ सेम्टेम्बर अर्थात असोज १ गते आज बिहान उक्त हिमालको सफल आरोहण गर्न सफल भएका हुन् । सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा नै रहेको ६ हजार एक सय ६५ मिटर उचाईको आइल्याण्ड पिक हिमालको टुप्पोमा आज विहान ९ः३० बजे पुग्न सफल भएको दाहालले जानकारी दिए। २७ बर्षे युवा दाहालको समुहलाई आइल्याण्ड पिक हिमालको सफल आरोहणका लागि १४ दिन लागेको समेत उनले बताए । भदौ १९ गते हिमाल आरोहणका लागि सुरुवात गरेका दाहाल असोज १ गते शिखरमा पुग्न सफल भएका हुन् ।दाहालसंगै…
मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा जारी काकडभिट्टा महोत्सव तथा रमाइलो मेलामा हिजो सोमबार गायक श्रीकृष्ण लुइँटेल "बोकेदाह्री" ले आफ्नो प्रस्तुति दिएका छन्। बोकेदाह्रीको प्रस्तुति सँगै उपस्थित दर्शकहरुले बेजोड रमाइलो गरेका हुन्। उनका चर्चित गीत "ए बा किन्देउन भटभटे" क्षेत्री बाहुन " लगायतका चर्चित गीतसँगै दर्शकले भव्य मनोरञ्जन गरेका हुन्। भदौ २६ गतेदेखि जारी महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ। आज मंगलबार महोत्सवमा लोकल ब्यान्ड तथा काठमाडौंका कलाकारहरुको नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न खानेकुराका परिकार, बालबालिकाकाक खेलौना , पिङ लगायतका मनोरञ्जनात्मक खेलहरु राखिएका छन्। महोत्सव असोज -१५ गतेसम्म चल्नेछ।
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । बजारमा छ्याप छ्याप्ती गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न मानिसको स्वास्थ्य संग प्रत्यक्ष जोडिने भएको हुँदा त्यस्ता सामाग्री बिक्रि वितरण गर्दा उपभोग गर्न योग्य हुनु अनिवार्य रहेको मेचीनगर खाद्य विश्लेशक दिपेन्द्र कार्की बताउँछन् । कार्कीको नेतृत्वमा आइतबार सुरू भएको अनुगमनमा अधिकांश पसलमा गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू…