Skip to main content

Purbi Garjan

रेडियो मन्त्र तेस्रो बर्षमा प्रवेश, विभिन्न व्यक्तिहरु पुरस्कृत

झापा । रेडियो मन्त्र झापाले आज आफ्नो दोस्रो वार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरी मनाएको छ । झापा टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो मन्त्रले १०५.४ मेगाहर्जमा झापाको मेचीनगर ७ इटाभट्टाबाट २०७९ असोज १ गते प्रसारण सूरु गरेको थियो ।

प्रसारणको दुई बर्ष पुरा गरी तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमकाबीच रेडियो मन्त्रले फेसबुक पेज मार्फत आयोजना गरेको तीज भिडियो प्रतियोगिता २०८१ का विजेताहरुलाई पुरस्कार वितरण समेत गरेको छ ।

रेडियो मन्त्रका अध्यक्ष अनिसा गौतमको सभापतित्व तथा मेचीनगर लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालकाको बिशेष आतिथ्यता रहेको थियो ।
रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले स्वागत तथा कार्यक्रमबारे जानकारी गराउनु भएको कार्यक्रमको सञ्चालन रेडियोकी स्टेशन मेनेजर मनिसा गौतमले सञ्चालन गर्नु भएको थियो ।

हरितालिका तीज पर्वको अवसरमा रेडियो मन्त्रले फेसबुक पेज मार्फत सञ्चालन गरेको भिडियो प्रतियोगितामा बिर्तामोड ४ का सरिता बराल प्रथम, मेचीनगर १ का बिश्मिता घिमिरे दोस्रो र कनकाई नगरपालिकाका पुजा संग्रौला तथा साथीहरुको समूह तेस्रो भएको थियो ।

विजेताहरु बराल र घिमिरेले प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिले पुरस्कार वितरण गर्नु भएको थियो भने तेस्रो हुने कनकाई नगरपालिकाको पुजा संग्रौला तथा साथीहरुको समूहको पुरस्कार करीना पौडेललाई रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले वितरण गर्नु भएको थियो ।

कार्यक्रममा अग्रज पत्रकार राजेन्द्र गौतम, पत्रकारहरु झुलन रेग्मी, प्रकाश पौडेल, दिलिप थापा, प्रकाश उप्रेती, प्रविन अधिकारी, गगन ढकाल, एक्टिभ समुह इट्टाभट्टाका संयोजक सिता गिरी पुरी सहित समूहका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali