Skip to main content

Purbi Garjan

सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ

झापा । झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमान्डमा खटिएको ६ जनाको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कमल गाउँपालिका–७ बस्ने  २५ वर्षीय सन्देश लिम्बू र सोही ठाउँका  ३६ वर्षीय पूर्णबहादुर लिम्बू रहेका छन् । उनीहरूलाई झापा गाउँपालिका १ लसुना सीमाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलवार बेलुका ७ः५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ७८४० नम्बरको स्कुटरलाई शंका लागेर खानतलासी गर्ने क्रममा स्कुटरको भाइजरमा लुकाएर ल्याएको अवस्थामा ९.७९० ग्राम ब्राउनसुगर फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका निमित्त गणपति एवम् सुचना अधिकारी डीएसपी सुमन पोख्रेलले जानकारी दिए ।

उनिहरुको साथबाट DIO स्कुटर १ थान, ब्राउनसुगर ९.७९० ग्राम , भिभो मोबाइल १ थान, सामसुङ मोबाइल १थान, सयको नोट २ थान र ५० को नोट १ थान सहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इप्रका कुमरखोदमा बुझाइएको छ।

सशस्त्र प्रहरीले पछिल्लो समय लागूऔषध तथा अवैध पैठारी रोक्नका लागि केही सिमानाकाहरुमा तालिम प्राप्त कुकुर सहितको चेकजाँच टोली समेत खटाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali