मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा जारी काकडभिट्टा महोत्सव तथा रमाइलो मेलामा हिजो मंगलबार लोकल ब्यान्ड र विभिन्न नृत्य सँगै दर्शकहरु रमाएका छन्। लोकल ब्यान्डको प्रस्तुति सँगै उपस्थित दर्शकहरुले बेजोड रमाइलो गरेका हुन्। भदौ २६ गतेदेखि जारी महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ। आज बुधबार पछिल्लो समयका चर्चित गायक कमल खत्रीको प्रस्तुति रहने आयोजकले जनाएको छ। उनको 'आत्मामा तिम्रो आत्मामा', ‘कोरेर प्रेमपत्र’ ‘बोल्दैन तिम्रो तस्वीर’ हुँदै ‘म गीत हुँ तिम्रो’, ‘जाउँला रेलैमा’, ‘तिमी मेरो पहिलो माया’, ‘माया लै लै’ जस्ता गीतहरु स्रोता एवं दर्शकमाझ लोकप्रिय रहेका छन्। महोत्सवमा विभिन्न खानेकुराका परिकार, बालबालिकाकाक खेलौना , पिङ लगायतका मनोरञ्जनात्मक खेलहरु राखिएका…
झापा । झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमान्डमा खटिएको ६ जनाको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कमल गाउँपालिका–७ बस्ने २५ वर्षीय सन्देश लिम्बू र सोही ठाउँका ३६ वर्षीय पूर्णबहादुर लिम्बू रहेका छन् । उनीहरूलाई झापा गाउँपालिका १ लसुना सीमाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मंगलवार बेलुका ७ः५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प…