Purbi Garjan

साफ वुमन्स च्याम्पियनसिप: भारतलाई हार चखाउँदै नेपाल फाइनलमा

Advertisement

झापा । भर्खरै सम्पन्न खेलमा भारतलाई हारको स्वाद चखाउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। साफ वुमन्स च्याम्पियनसिपमा भर्खर सम्पन्न खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीको १-१ गोलको बराबरी भएको थियो। टाइब्रेकरमा नेपालले ४-२ गोलले पराजित गरेको हो।

खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन्। भारतले गोल गरेलगत्तै नेपाली खेलाडीले भारतको पोस्टमा गोल गरेका थिए। भारतीय खेलाडीहरू गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो। अवरुद्ध खेल पुनः सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेर बराबरी बनाएकी थिइन्। १० खेलमा सिमित नेपालले उत्कृष्ट खेल खेल्दै भारतलाई हराउन सफल भएको छ।

आज भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। अब नेपालले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“प्रथम निलसरी च्यालेन्ज कप” उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

“प्रथम निलसरी च्यालेन्ज कप” उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी "प्र...
नेपाल जेसीज र रेडक्रस स्थापना दिवसमा चारआलीमा रक्तदान

नेपाल जेसीज र रेडक्रस स्थापना दिवसमा चारआलीमा रक्तदान

मेचीनगर। नेपाल जेसीजको ६१औं स्थापना दिवस तथा  रेडक्रसको १६१औं स्थापना दिवसको अवसरमा झापाको चारआलीमा वृहत् रक्तदान कार्यक्रम सम्पन्...
बाहुण्डाँगी जेसीजद्वारा सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सम्पन्न

बाहुण्डाँगी जेसीजद्वारा सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सम्पन्न

झापा । सामाजिक कामहरुमा सक्रिय रहँदै आएको बाहुण्डाँगी जेसीजले सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सफलतापूर्वक सम्पन्न गरेको छ। "युव...
अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

झापा। मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (USKAI) अन्तर्राष्ट्रिय कराते प्रति...