Skip to main content

Purbi Garjan

११ औँ पार्टी पुनर्गठन दिवस: इलाममा विभिन्न पार्टी परित्याग गरी १८ जना नेकपा प्रवेश 

इलाम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलामले ११औ पार्टी पुनर्गठन दिवसको अवसरमा ध्रुविकरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

इलाम स्थित NCDC को सभा हलमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १८ जना नेकपामा समाहित भएका छन्। पार्टीका केन्द्रीय सल्लाहकार एवम्  कार्यक्रमको प्रमुख अतिथि होम सी र अतिथि केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज मौसम सीले पार्टी प्रवेश गर्ने १८ जनलाई खदा र अविर लगाएर सम्मान तथा स्वागत गरेका थिए।

 

कार्यक्रम बोल्दै जिल्ला ईन्चार्ज मौसम सी ले मंसिर ८ लाई नेपालमा क्रान्तिकारी आन्दोलनलाई चारै तिरबाट घेरिएको बेला र माओवादी आन्दोलन संसदवादी दलदलमा फस्दै गरेका बेला अधुरो क्रान्ति पूरा गर्ने अठोटका साथ एकीकृत जनक्रान्तीको शुरुआत गरिएको दिनका रुपमा सबैले स्मरण गर्नुपर्ने बताए ।

अब नेपालमा क्रान्ति सम्भव छैन भन्ने ठाउँमा आम मानिस पुगेको बेला चारै तिर अन्धकार र निरासा छाएको बेला  एक हद सम्मा त्यो अन्धकार र निरासा लाई आशामा बदल्दै नेपालमा राजनीतिक क्रान्ति पुरा भएको छैन यसलाई पुरा गर्नु पर्छ भनेर क्रान्तिकारी आन्दोलन लाइ पुनरसंगठित गरेको दिनको रुपमा स्मरण गरे ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि होम सी ले नेपालको कम्युनिष्ट आन्दोलन र नेपालको क्रान्तिकारी आन्दोलन चरणको संक्षिप्त  व्याख्या गर्दै मंसिर ८ एउटा क्रान्तिकारी आन्दोलन को पुनर्गठनको दिन भएको बताए । जनतामा निराशा चरम रुपमा देखा परेको बताउँदै उनले  निरास भएका आम जनताहरुलाई संसदिय ब्यबस्था को बिकल्पमा नेपाली बिशेषतकाे समाजवाद पक्षमा जनमत बनाउन नेताकार्यकर्ताहरु इमान्दारका साथ लाग्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali