Skip to main content

Purbi Garjan

११ औँ पार्टी पुनर्गठन दिवस: इलाममा विभिन्न पार्टी परित्याग गरी १८ जना नेकपा प्रवेश 

इलाम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलामले ११औ पार्टी पुनर्गठन दिवसको अवसरमा ध्रुविकरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

इलाम स्थित NCDC को सभा हलमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १८ जना नेकपामा समाहित भएका छन्। पार्टीका केन्द्रीय सल्लाहकार एवम्  कार्यक्रमको प्रमुख अतिथि होम सी र अतिथि केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज मौसम सीले पार्टी प्रवेश गर्ने १८ जनलाई खदा र अविर लगाएर सम्मान तथा स्वागत गरेका थिए।

 

कार्यक्रम बोल्दै जिल्ला ईन्चार्ज मौसम सी ले मंसिर ८ लाई नेपालमा क्रान्तिकारी आन्दोलनलाई चारै तिरबाट घेरिएको बेला र माओवादी आन्दोलन संसदवादी दलदलमा फस्दै गरेका बेला अधुरो क्रान्ति पूरा गर्ने अठोटका साथ एकीकृत जनक्रान्तीको शुरुआत गरिएको दिनका रुपमा सबैले स्मरण गर्नुपर्ने बताए ।

अब नेपालमा क्रान्ति सम्भव छैन भन्ने ठाउँमा आम मानिस पुगेको बेला चारै तिर अन्धकार र निरासा छाएको बेला  एक हद सम्मा त्यो अन्धकार र निरासा लाई आशामा बदल्दै नेपालमा राजनीतिक क्रान्ति पुरा भएको छैन यसलाई पुरा गर्नु पर्छ भनेर क्रान्तिकारी आन्दोलन लाइ पुनरसंगठित गरेको दिनको रुपमा स्मरण गरे ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि होम सी ले नेपालको कम्युनिष्ट आन्दोलन र नेपालको क्रान्तिकारी आन्दोलन चरणको संक्षिप्त  व्याख्या गर्दै मंसिर ८ एउटा क्रान्तिकारी आन्दोलन को पुनर्गठनको दिन भएको बताए । जनतामा निराशा चरम रुपमा देखा परेको बताउँदै उनले  निरास भएका आम जनताहरुलाई संसदिय ब्यबस्था को बिकल्पमा नेपाली बिशेषतकाे समाजवाद पक्षमा जनमत बनाउन नेताकार्यकर्ताहरु इमान्दारका साथ लाग्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali